सेञ्चुरी कमर्सियल बैंकको गण्डकी प्रदेशमा आठ नयां शाखा विस्तार
-
साउन २३,२०७५ पोखरा ।
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच थप जनता माझ पु¥याउने उद्देश्य सहित गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालयहरु एकै साथ सञ्चालनमा ल्याएको छ ।
विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएकोे छ ।
साथै ८ वटा शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष श्रेष्ठले गर्नुभएकोे थियो ।
नयां शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ भने बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप एकसठ्ठी अरब बत्तिस करोड तथा कुल कर्जा रु. पचपन्न अरब पुगेको छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नितीमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालयको सुरुवात गरेको छ ।