Trending :
 

गोलकिपरमा कीर्तिमानी रकम ७१ मिलियन पाउण्ड खर्चिएर चेल्सीले किपालाई भित्र्यायो

श्रावण २४,२०७५

-

 
साउन २४, २०७५ एजेन्सी ।
 
 
इङ्लिस प्रियिमर लिग क्लब चेल्सीले विश्व कीर्तिमानी मूल्यमा गोलरक्षक भित्र्याएको छ। चेल्सीले एथ्लेटिको बिल्बाओका किपा एर्रिजाबालागालाई कीर्तिमानी ७१ मिलियन पाउण्ड खर्चिएर क्लब भित्र्याएको हो ।
 
यो कुनै पनि गोलकिपरका लागि तिरिएको सबैभन्दा महङ्गो रकम हो।  किपा अहिलेसम्मको विश्वका सबैभन्दा महंगा गोलकिपर बनेका छन्। यसअघि लिभरपुलले रोमाका ब्राजिलियन गोलरक्षक एलिसनलाईलाई ६६.८ मिलियन पाउण्ड तिरेर क्लब भित्र्याएको थियो।
 
२३ वर्षिय किपाले चेल्सीसँग सात वर्षको सम्झौता गरेका छन्। उनले चेल्सीका अहिलेका गोलकिपर थिबाउट कोउर्तोइसलाई प्रतिस्थापित गर्नेछन्।
 
मेडिकल लगायतका कागजी प्रक्रिया पुरा गरेपछि लण्डन क्लबले उनलाई सार्वजनीक गर्ने तयारी गरेको छ । बेल्जियम खेलाडी कोर्टूवाले प्रि सिजन प्रशिक्षणमा सामेल हुन अस्विकार गरेपछि नयाँ गोलकिपर ल्याउन चेल्सीमाथि दबाब परेको थियो ।