शाहरुख खानकी छोरी सुहानाको फोटोले पायो तालीभन्दा बढी गाली
-
साउन २४, २०७५ एजेंसी
भोग इन्डियाले यो पटक आफ्नो कभरमा बलिउड सुपरस्टार शाहरुख खानकी १८ वर्षीया छोरी सुहाना खानको फोटो छापेको छ । तर यसपटकको भोगको कभरको प्रशंसा भन्दा पनि आलोचना बढी हुन थालेको छ । भोग म्यागेजिनमा कभर गर्ल बन्ने सुहाना खानको हैसियत नै नभएको भन्दै सामाजिक सञ्जालमा निकै नै आलोचना भएको छ ।
प्रतिष्ठित म्यागेजिन भोगको कभरमा सामान्यतया टप मोडल, अभिनेत्री, तथा गायिकालाई स्थान दिइन्छ । तर सुहाना खानले आफैलाई ‘विद्यार्थी, सिनेमा मन पराउने तथा भविष्यको स्टार’ का रुपमा चिनाउँछिन् । उनका बुवा शाहरुख बलिउडका किङ भनेर चिनिन्छन् र धेरैले बुवाकै कारण सुहानालाई भोगको कभर गर्ल बनाएको बन्दै परिवारवाद हावी भएको आरोप लगाएका छन् ।
सुहानाको यो नै पहिलो फोटो शूट तथा अन्तर्वार्ता हो । यसबारेमा आपत्ति जनाउनेहरुमा धेरै संघर्ष गरिरहेका अभिनेत्रीहरु छन् ।
श्रुति टण्डन ट्वीटमा लेख्छिन्, ‘अस्तित्वमा नहुनुपर्ने केही कुराहरुमध्ये नातावाद एक हो । थुप्रै कलाकारहरु हुँदाहुँदै सेलिब्रिटीको सन्तान भोगको कभरमा । एउटै चलचित्र नखेली बाबु स्टार भएको आधारमा भोगको कभरमा हुनु स्वीकार्य छैन ।’
सृष्टि लेख्छिन्, ‘सेलिब्रिटीको आलोचनामा खासैविश्वास छैन, तर सुहाना खान किन भोगको कभरमा ? यो त सेलिब्रिटीको आलोचना पनि होइन किनकि उनका पिता सेलिब्रिटी हुन्, उनी होइनन् । मेरा पिता लेखापाल हुनुहुन्छ, के आईसीएआईले उसको कभरमा मेरो फोटो छाप्छ ?’
स्ट्याण्डअप कमेडियन अपूर्व गुप्ता ठट्यौली पारामा लेख्छन्, ‘सुहाना खान हुनुको संघर्ष–
१. समुद्रतिर फर्केको बंगलामा बस्ने भएकाले समुद्रतटको बिदा मनाउने कार्यक्रम उनका लागि रमाइलो विषय होइन l
२. अति धनाढ्य भएकाले कुन रोलेक्स घडी लगाउने भन्ने निर्णय गर्न गाह्रो छ l
३. १८ वर्षको हुँदा पनि करण जोहरले फिल्ममा लञ्च गर्दैनन् l