Trending :
 

चीनको ११ हजार हलमा सलमानको फिल्म ‘सुल्तान’ प्रदर्शन

श्रावण २४,२०७५

-

साउन २४, २०७५ एजेंसी
 
बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री अनुष्का शर्मा अभिनित हिन्दी चलचित्र ‘सुल्तान’ चीनमा ११ हजार स्क्रिनमा रिलिज हुने भएको छ ।
 
दुई वर्षअघि भारतमा ४ हजार स्क्रिनमा रिलिज भएको सुल्तानले चीनमा ११ हजार स्क्रिन पाएको यशराज फिल्मको इन्टरनेशनल अपरेसन्सका उपाध्यक्ष अवतार पनेसरले बताए ।
 
चलचित्रलाई चिनिया भाषामा सबटाईटल गरिएको छ । उपाध्यक्ष अवतारले भारतीय फिल्मका लागि चीन पनि ठूलो बजार भएको बताए । सीमित हिन्दी चलचित्रलाई चिनिया दर्शकले मन पराउने गरेका छन् ।
 
यसअघि आमिर खान अभिनित दंगललाई चिनिया दर्शकले निकै मन पराएका थिए । अली अब्बास जफर निर्देशित सुल्तानमा अनुश्का शर्मा र सलमान खानको मुख्य भुमिका रहेको छ ।