Trending :
 

बंगबन्धु गोल्डकपमा अक्टोबर १ बाट

नेपालसहित ६ राष्ट्रको सहभागिता

श्रावण २५,२०७५

-

 साउन २५, २०७५ काठमाडौँ ।
 
 
आगामी अक्टुबर एकदेखि बंगलादेशमा हुने बंगबन्धु गोल्डकप २०१८ हुने भएको छ।
 
६ राष्ट्रको सहभागिता हुने प्रतियोगितामा अहिलेसम्म नेपालसहित फिलिपिन्स र प्यालेष्टाइनले टिम पठाउने सहमती गरेको बंगलादेश फुटबल फेडेरेसनको अध्यक्ष काजी सलाहुद्धिनले बताएका छन्।
 
बंगलादेशका पिता मानिने बंगबन्धु शेख मुजिवर रहमानको सम्झनामा हुने प्रतियोगिता ढाकाको बंगबन्धु राष्ट्रिय रंगशाला र सिलेट डिस्ट्रिक रंगशालामा हुनेछ।
 
यसअघि नै बंगलादेश फुटबल फेडेरेसनको एक्जुकेटिभ कमिटिले अगष्ट १ देखि १५ सम्म प्रतियोगिता गर्ने निर्णय गरेको थियो।
 
नेपालले सन् २०१६ मा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो।