राजनीतिलाई करिअर बनाउनुहुन्न : कंगना रनौत
-
साउन २५, २०७५ एजेंसी
बलिउडकी ‘क्विन’ कंगना रनौत विवादास्पद अभिव्यक्तिका लागि चर्चित छिन् । यही मेलोमा उनले फेरि एकपटक विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।
कंगनाले राजनीतिबारे आफ्नो विचार राखे पनि राजनीति उनको करिअरको विकल्प नभएको प्रस्ट पारेकी छिन् । योगी सद्गुरु सम्वादका दौरान विभिन्न राजनीतिक, सामाजिक विषयमा उनले आफ्नो विचार राखिन् ।
पत्रकारले कंगनालाई सोधे– ‘भविष्यमा तपाईं राजनीतिमा जोडिन चाहनुहुन्छ ?’ यस प्रश्नमा उनको जवाफ थियो, ‘राजनीतिलाई करिअर बनाउनुहुन्न ।
मजस्ता मानिस राजनीतिसँग जोडिन चाहन्छन् भने सबैभन्दा पहिले उसले सबथोक छाड्नुपर्छ ।’ उनले थपिन्, ‘अहिलेसम्म फिल्ममा म यति सफल छु कि म कतै अरू ठाउँमा करिअर बनाउन चाहन्न र आवश्यक छैन ।’