Trending :
 

अभिनयका लागि जसले ज्यानको बाजी लगाए

श्रावण २५,२०७५

-

साउन २५, २०७५ एजेंसी
 
 
बलिउडमा केही स्टार यस्ता छन्, जो आफ्नो भूमिकाका लागि कुनै पनि कोणबाट सम्झौता गर्न तयार हुँदैनन् । निर्देशकको आदेश नमान्न पनि पछि पर्दैनन् । यस्तैमा यहाँ चार बलिउड स्टारलाई प्रस्तुत गरिएको छ, जसले आफ्नो भूमिकाका लागि ज्यानको बाजी राखे-
 
 
 
आलिया भट्ट
 
बलिउडकी अभिनेत्री आलिया भट्टले फिल्म ‘उड्ता पन्जाब’मा एक सामूहिक बलात्कारबाट पीडित महिलाको भूमिका निभाएकी छिन् । उक्त भूमिका यति सिरियस थियो कि बलात्कारको सिन दिँदा आलिया मनोवैज्ञानिक रूपमै अत्यधिक दुखित भएकी थिइन् । सिन दिएपछि उनी चुपचाप घर गएकी थिइन् ।
 
रणवीर सिंह
 
बलिउडका नयाँ सुपरस्टार रणवीर सिंहको चर्चा पनि कम छैन । उनले ८ वर्षको फिल्मी करिअरमा थुप्रै हिट फिल्म दिए । उनको अभिनयलाई दर्शकले निकै रुचाउने गरेका छन् । २०१८ मा प्रदर्शन भएको उनी अभिनित ‘पद्मावत्’ फिल्म हरेक कोणबाट सफल रह्यो । यसमा रणवीरले फिल्मको भूमिकामा आफूलाई ढाल्नका लागि ज्यान जोखिममा राखेका थिए ।
 
प्रियंका चोपडा
 
फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको शरीर सुगठित थियो । त्यसका लागि उनले अत्यधिक श्रम गरेकी थिइन् । फिल्मको सुटिङ सुरु हुनुभन्दा अगाडि लामो समयसम्म उनले दिन–रात मिहिनेत गरेकी थिइन् । यहाँसम्म कि उनले डाइट पनि खेलाडीले लिनेजत्तिकै लिनुपरेको थियो।
 
आमिर खान
 
फिल्म ‘दंगल’ले बक्स अफिसमा मात्रै होइन, समीक्षकको पनि राम्रो प्रतिक्रिया पायो । ‘बाहुबली’पछि सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्म पनि बन्यो । यस फिल्मका अभिनेता आमिर खान हरेक फिल्ममा फरक भूमिकामा देखिने गर्छन् ।
 
यस फिल्मका लागि आमिरले आफ्नो तौल शरीरले थेग्न सक्नेभन्दा बढी बनाएका थिए । उनको तौल ९५ किलोको थियो । यो आमिरका लागि निकै जोखिमयुक्त थियो ।