Trending :
 

उत्तर कोरियाले गर्यो अमेरिकाको विरोध

श्रावण २५,२०७५

-

साउन २५, २०७५ 
 
 
उत्तर कोरियाले अमेरिकी अधिकारीहरुले प्योङयाङमाथि प्रतिबन्ध सशक्त बनाउन लागि परेकाले आणविक निःशस्त्रीकरण नहुने भन्दै विरोध गरेको छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम स्थगित गरी परीक्षण केन्द्रहरु बन्द गरेको बताएको छ ।
 
तर, अमेरिकाले एक पक्षीय रुपमा पहिले आणविक हतियारविहीन हुनु पर्ने पूर्व शर्तअगाडि सारेपछि उत्तरले कडा आपत्ति जनाएको हो । ‘अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ, यो विगतमै असफल भइसकेको सिद्धान्त हो,’ उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।
 
यही रबैया जारी रहे कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै प्रत्याभूति छैन, प्रवक्ताले भनेका छन् । ती अधिकारीले भनेका छन्, ‘विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।’ रासस