Trending :
 

क्रिकेट टिमसँग फोटो खिच्दा अनुश्काको आलोचना

श्रावण २६,२०७५

-

साउन २६, २०७५ एजेंसी
 
 
बलिउड अभिनेत्री अनुष्का शर्मा एउटा तस्वीरका कारण विवादमा आएकी छन् । 
 
हाल ईंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिमलाई लन्डनस्थित भारतीय उच्च आयोगले डिनरका लागि निमन्त्रणा गरेको थियो । सबै खेलाडी र अफिसियलहरु एउटै पोशाकमा निम्तो मान्न पुगे । अरु सबै खेलाडी त्यहाँ एक्ला-एक्लै आए पनि कप्तान विराट कोहली भने श्रीमती अनुष्कालाई समेत लिएर पुगेका थिए । डिनरपकिो फोटोसेसनमा उनी अनुष्का सबै खेलाडीको बीचमा कोहलीसँगै देखिन्छिन् । उनले लगाएको लुगा पनि ल्याङफ्याङे छ ।
 
यसरी राष्ट्रिय क्रिकेट टिमभित्र घुसेर फोटोसेसन गरेकोमा अनुष्का ट्रोलको शिकार बनिरहेकी छन् । धेरै भारतीयहरुले उनको यो शैलीमा प्रश्न उठाएका छन् । कतिपयले चाहिँ अरु कसैले श्रीमतीलाई नलैजाँदा कोहलीलाई चाहिँ किन लैजानु परेको भन्दै आालचेना गरेका छन् ।
 
तीव्र विवाद भएपछि भारतीय उच्चआयोगले यसको स्पष्टिकरण दिएको छ । उसले सबै खेलाडीलाई परिवारसहित बोलाएको उल्लेख गरेको छ ।
 
‘सबैलाई परिवारसहित निम्तो गरिएको थियो, तर अरु कसैले ल्याएनन्,’ उच्चआयोगका एक अधिकारीले भने ।
 
कोहली र अनुष्काले भने यो विषयमा मुख खोलेका छैनन् ।