'कृष्ण कमजोर थिएनन् यो त उनको रणनीति थियो ‘ : दिपकराज गिरि
-
अशोकप्रति दीपकको कटाक्ष, आफूलाई ‘कृष्ण’सँग तुलना
छायांकन अगावैदेखि दशैंमा रिलिज हुने भनेर चर्चा गरिएका २ चलचित्र ‘छक्का पन्जा ३’ र ‘जय भोले’ का निर्माताले कुन दिनबाट चलचित्र चल्छ भनेर फाइनल गर्न सकेका छैनन् । यसको पछाडि केही कारणहरु छन् ।
शनिबार चलचित्र ‘छक्का पन्जा ३’ का निर्माता तथा कलाकार दिपकराज गिरीले एउटा स्टाटस लेखे । ‘महाभारतमा लडाई रोक्न भगवान् कृष्णले कौरवहरुकै घरमा गएर धेरै पटक बार्ता गरे । यसको मतलब कृष्ण कमजोर थिएनन् यो त उनको रणनीति थियो ‘।
दिपकले यो स्टाटस चलचित्र ‘जय भोले’का निर्माता तथा निर्देशक अशोक शर्माप्रति लक्ष्यित थियो । शर्मासँग धेरै पटक रिलिज डेटको बिषयमा बार्ता गरेपछि उनले यस्तो लेखेका हुन् । अशोक र दिपकबिच चलचित्रलाई कुन दिन रिलिज गर्ने भन्ने बिषयमा धेरै पटक कुराकानी भैसकेको छ ।
तर, ‘जय भोले’का निर्माता तथा निर्देशक शर्मा ‘छक्का पन्जा’ र आफ्नो चलचित्र एकै दिन रिलिज होस् भन्ने चाहन्छन् । ‘छक्का पन्जा’ जस्तो चर्चित ब्रान्डसँग शर्माले आफ्नो चलचित्र जुधाउन चाहनुको तात्पर्य बुझिनसक्नु छ ।
तर, निर्माता गिरीले २ वटा विकल्प अगाडि सारेका छन् । वुझिएअनुसार, उनले अशोकलाई कि फूलपाति र घटस्थापनामध्ये एउटा रोज्न आग्रह गरेका छन् । तर, दुबै विकल्पमा अशोक तयार छैनन् ।
उनले ‘छक्का पन्जा ३’सँगै आउन चाहेपछि दुबै निर्माताले प्रदर्शनको दिन तय गर्न नसकेका हुन् । बारम्बार अशोकसँग वार्ता गर्दा निस्कर्षमा नपुगेपछि दिपकले आफूलाई कृष्ण भन्दै कमजोर नसोच्न घुमाउरो शैलीमा चेतावनीको भाषा बोलेका हुन् ।