Trending :
 

कर्णाली प्रदेशः ६ महिनामा ६ लाख भ्रमण खर्च

श्रावण २७,२०७५

-

साउन २७, २०७५ काठमाण्डौ
 
कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले नियुक्त भएको ६ महिनामा ६ लाख बढी रकम भ्रमण भत्ताका रूपमा बुझेका छन् । २०७४ फागुन ६ गतेदेखि असार मसान्तसम्म मन्त्रीहरूले ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण भत्ता बुझेका हुन् ।
 
जसमध्ये सबैभन्दा बढी कृषि मन्त्रीले बुझेकी छन् भने सबैभन्दा कम सामाजिक विकास मन्त्रीले बुझेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले १ लाख ४८ हजार २ सय २५ रुपैयाँ बुझेकी छन् भने सामाजिक विकास मन्त्री दल रावलले ४ हजार ५ सय रुपैयाँ बुझेका छन् ।
 
यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले १ लाख २९ हजार ३ सय रुपैयाँ बुझेका छन् भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ९२ हजार  ६ सय रुपैयाँ बुझेका छन् । यसैगरी, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ९० हजार ४ सय २५ रुपैयाँ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बूढाले ७२ हजार ४ सय २५ रुपैयाँ र भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले ६४ हजार ७ सय २५ रुपैयाँ भ्रमण भत्ता बुझेका छन् ।
 
सरकारले मुख्यमन्त्रीको दैनिक भ्रमण भत्ता २५ सय र मन्त्रीहरूको २ हजार तोकेको छ ।