Trending :
 

नोबेल पुरस्कार विजेता नायपालको निधन

श्रावण २७,२०७५

-

साउन २७, २०७५ एजेंसी
 
सन् २००१ मा साहित्यतर्फका नोबेल पुरस्कार विजेता तथा लेखक वीएस नायपालको निधन भएको छ । बीबीसीले जनाए अनुसार नायपालको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै निवासमा निधन भएको हो ।
 
भारतीय मूलका नायपाल सन् १९३२ मा जन्मिएका थिए । ट्रिनिडाडमा हुर्किएका उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनको पहिलो पुस्तक ‘द मिस्टिक मेसर’ सन् १९५१ मा प्रकाशित भएको थियो ।
 
३० भन्दा बढी पुस्तकहरू प्रकाशनमा ल्याएका नायपालको ‘द बेन्ड इन द रिभर’, ‘अ हाउस फर मिस्टर विश्वास’ विश्व चर्चित कृति हुन् । नायपालले सन् १९७१ मा बुकर प्राइज पाएका थिए।