Trending :
 

लोकनृत्य प्रतियोगिताको आयोजना हुने

श्रावण २७,२०७५

-

साउन २७, २०७५ काठमाण्डौ
 
 
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र नेसनल प्याब्सन काठमाडौंले साउन २९ गते राष्ट्रिय नाचघर जमलमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता गर्ने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो । धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।
 
जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता–२०७५ का संयोजक गेहेन्द्र लामाले भने, ‘लोक संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, पश्चिमा संस्कृतिले हाम्रो संस्कृतिमाथि हमला गरिरहेका वेला हामी सचेत हुन जरुरी छ ।’ प्रतियोगितामा पाँच दर्जनभन्दा बढी समूहले भाग लिने आयोजकले जानकारी दिएको छ ।