Trending :
 

स्वस्थ जीवनका लागि योग तथा ध्यान

श्रावण २७,२०७५

-

साउन २७, २०७५ काठमाण्डौ
 
 
योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै छ । यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । योग गर्ने तरिका धेरै छन् । यी फरक–फरक शैलीमा गरिने योगले हाम्रो अंगअंगमा फाइदा पुग्छ । योगले स्वस्थ जीवनयापनमा मद्दत गर्छ । त्यसैले पनि योग हरेक दिन र हरेक मानिसका लागि फाइदाजनक छ ।
 
दैनिक १२ मिनेटसम्म गरिने ध्यानले चाँडै देखिने बुढ्यौली ४३ प्रतिशतले कम गर्न सकिन्छ ।
दम, डाइबेटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचापजस्ता धेरै दीर्घ रोगमा योगको उत्कृष्ट योगदान हुन्छ । व्यक्तिको निर्णय क्षमता, एकाग्रता एवं खुसीपनालाई योगले बढाउँछ ।
 
योगले मनोभावनात्मक आवेगलाई शिथिल बनाउँछ । विविध कारणले उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने कर्टिसोल नाम गरेको हर्मोन घटाउन योग महत्वपूर्ण छ । योगले शरीरको सबैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित बनाउँछ, शरीरमा अक्सिजनकोे खपत बढाउँछ र एन्डारोजिन नामक हर्मोन वृद्धि गरी तनाव नियन्त्रण गर्छ । डिप्रेसन तथा मानसिक रोगजस्तो कहालीलाग्दो समस्यालाई समाधान गर्ने एउटा सुरक्षित र भरपर्दो उपाय योग अभ्यास नै हो ।