Trending :
 

क्यान्सरबारे महत्ववपूर्ण जानकारी

श्रावण २७,२०७५

-

साउन २७, २०७५ काठमाण्डौ
 
 
पछिल्लो समय क्यान्सरका बिरामीहरू बढिरहेका छन् । फरक–फरक किसिमका क्यान्सरहरूको पहिचान हुँदै छ । यो मुख्यतः प्रौढावस्था वा वृद्धावस्थामा लाग्ने रोग हो । कलिलो उमेरका बालबालिकालाई लाग्ने क्यान्सर कमै मात्र छन् । महिलामा स्तन क्यान्सर र पुरुषमा प्रोस्टेट क्यान्सर सर्वाधिक पाइन्छ, जसले प्रौढ व्यक्तिहरूलाई चपेटामा पार्छ । मानिसहरूको औसत आयु बढ्न थालेसँगै क्यान्सरका बिरामीको संख्या पनि बढ्दै जान्छ, किनकि अधिकांशमा क्यान्सरको कारक वृद्धावस्था नजिक हुँदै गएपछि सक्रिय हुन्छ । खराब जीवनशैली, धूम्रपान र मद्यपानले क्यान्सर बढाउँछ । क्यान्सरबारेको केही तथ्य यस्ता छन् ।
 
मानसिक वा मनोवैज्ञानिक तनावले क्यान्सर हुन सक्छ वा सक्दैन भन्ने विषयमा ठूलो अन्योल छ । यद्यपि, अहिलेसम्म यस्तो कारणले क्यान्सर भएको प्रमाण भेटिएको छैन । तर, मानसिक तनावले अप्रत्यक्ष रूपमा क्यान्सरको खतरा बढाउन सक्छ, किनकि तनावमा आएका व्यक्तिहरूले धूम्रपान र मद्यपान गर्न सक्छन् । मानसिक तनावले ब्लड प्रेसर, डायबेटिज र मुटुसँग सम्बन्धित रोगहरू लाग्ने खतरा बढाउँछ ।
 
१. मानिसहरूलाई १ सयभन्दा धेरै प्रकारका क्यान्सर हुन सक्छन् । पशुपन्छी र रूखबिरुवालाई पनि क्यान्सर हुन्छ ।
 
२. भारतमा गरिएको एक अध्ययनअनुसार १० मध्ये १ पुरुष र ८ मध्ये एक महिलालाई उनीहरूको जीवनकालको ३५ वर्ष बितिसकेपछि क्यान्सर हुने सम्भावना रहन्छ । ३५ वर्षपछि पनि धूम्रपान गर्ने    पुरुषलाई क्यान्सर हुने सम्भावना ४ दशमलव ७५ प्रतिशत र महिलामा २ दशमलव १६ प्रतिशत रहन्छ ।
 
३. धूमपान र मद्यपानबाट टाढा रहेर स्वस्थ आहार सेवन गर्दै सक्रिय जीवनशैलवी अपनाउने हो भने झन्डै ३० प्रतिशत क्यान्सरबाट  बच्न सकिन्छ ।
 
४.पर्याप्त मात्रामा पैदल हिँड्नेहरूलाई स्तन क्यान्सरको खतरा लगभग २५ प्रतिशतले कम हुन्छ।
 
५. धूमपानमा ४ हजार ८ सयभन्दा बढी रासायनिक पदार्थ हुन्छन् र त्यसमध्ये ६९ भन्दा बढी पदार्थका कारण क्यान्सर हुन सक्छ ।
 
६. डायबेटिजले क्यान्सरको खतरा १५ प्रतिशतसम्म बढाउँछ । परावैजनी किरणको नजिक रहनुपर्ने भएकाले हवाईजहाजका पाइलट र एयर होस्टेजहरूलाई स्किन क्यान्सर हुने खतरा सामान्य व्यक्तिको तुलनामा दुई गुणा बढी हुन्छ ।
 
७. स्तन क्यान्सर पुरुषलाई पनि हुन सक्छ । यस्तो क्यान्सरका कारण हरेक वर्ष हजारौँ पुरुषको मृत्यु हुने गरेको छ ।
 
८. क्यान्सरसँग जोडिएका हरेक विषय खराब नै हुन्छन् भन्ने छैन । जस्तो, हरेक वर्ष संसारका तीन करोड मानिसहरूले क्यान्सरमाथि पूरै विजय हासिल गर्छन् ।
 
९. क्यान्सरबाट हुने मृत्युको आँकडामा हरेक वर्ष सुधार भइरहेको छ । सन् १९९१ मा क्यान्सरग्रस्तप्रति १० हजारमध्ये २ सय १५ जनाको मृत्यु भएको थियो । सन् २०१० सम्म आइपुग्दा यो संख्या प्रति १० हजारको १ सय ७२ मा घटेको थियो ।