Trending :
 

रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते

श्रावण २७,२०७५

-

 
साउन २७, २०७५
 
 
रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले शनिबार जनाएको छ ।
 
रोमानियाको राजधानी बुखारेस्टमा भएको प्रदर्शनमा दशौँ हजार (करीब ८० हजार) रोमानियालीको सहभागिता रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 
भ्रष्टाचार आरोपमा वामपन्थी सरकारको राजीनामा माग गर्दै भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले व्यापक पानीका फोहरा र अश्रुग्यासको प्रयोग भएको थियो । 
 
अश्रुग्यास र पानीका फोहरासहितको प्रहरी दमनमा थुप्रै व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको छ । आन्दोलनमा तैनाद करीब ३० प्रहरी घाइते भएका छन् जसमध्ये ११ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । घटनामा केही सञ्चारकर्मीसमेत घाइते भएका बताइएको छ । 
 
यूरोपियन यूनियन (इयू) को अध्यक्षतासमेत गरिरहेकी अष्ट्रियाली चान्सलर सेवेस्टियन कुर्जल आन्दोलनमा भएका झडपहरूप्रति चासो व्यक्त गर्दै सञ्चारकर्मीसमेत घाइते हुनेगरी सरकारद्वारा भएको दमनको आलोचना गरेकी छन् । उनले भनिन्, “हामीले बुकारेस्टमा कैयौँ सञ्चारकर्मीसहित सयौँ प्रदर्शनकारीमाथि भएका दमनबारे पूर्ण स्पष्टीकरणको आशा गर्छौँ ।” रासस/एएफपी