बैशाख २०,२०७४
-
वैशाख २० -
च्याम्पियन्स लिगमा क्रिष्टियानो रोनाल्डो फेरी रियल म्याड्रिडका लागि ह्याट्रिक गर्दै एथ्लेटिको म्याड्रिडलाई पराजित गरेका छन् ।
बेर्नाबेउ स्टेडियममा भएको उक्त खेलको १० औँ मिनेटमा नै कासिमेरोको पासमा रोनाल्डोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
त्यस पश्चात पनि रियलले गोलको धेरै प्रयासहरु गरे पनि लामो समय सम्म पनि उक्त प्रयास गोलमा परिणत हुन् सकेन ।
खेलको दोस्रो हाफ पश्चात रियलले अर्को दुई गोल गरेको हो ।
खेलको ७३ औँ मिनेटमा १६ यार्डमा शक्तिशाली प्रहार गर्दै रोनाल्डोले रियलको अग्रता दोब्बर बनाएका थिए ।
यसतै ८६ औं मिनेटमा लुकास भाजक्वेजको पासमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे ।
यसरी उनले १०, ७३ र ८६ मिनेटमा गोल गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा लगातार दुई खेलमा दुई ह्याट्रिक पुरा गरेका छन् ।
दुई साताअघि सान्टियागो बेर्नाबेउमै जर्मनी क्लब वायर्न म्युनिखविरुद्ध क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा उनले ह्याट्रिक गोल गरेका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार