भारतसँग व्यापारसम्बन्धी समस्या भए मोदी आएको बेला गाँठो फुकाउनुपर्छ !
-
साउन २७,२०७५ काठमाडौं ।
पूर्वराजदुत डा. शंकर शर्माले काठमाडौंमा यही अगष्ट ३० र ३१ मा हुने विमस्टेक शिखर सम्मेलनमा नेपालले कनेक्टिभीटी र विद्युत व्यापारमा बढि जोड दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शर्माले नेपालले विद्युत र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनमा बढि जोड दिनुपर्ने बताए ।
विमस्टेकका सदस्य राष्ट्रहरुसँग नेपालको पर्यटन वृद्धि र विद्युत व्यापार बढाउनुपर्ने उनको भनाई थियो।
नेपालले यी मुद्दामा बढि जोड दियो भने व्यापार घाटा कम गर्न सकिने पनि उनको जोड थियो ।
शर्माले अघि थपे,‘जलविद्युतमा हामीले सहकार्य गर्न सक्यौं भने बढिभन्दा बढि लाभ हाँसिल गर्न सक्छौं । नेपालमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक र साहसिक पर्यटनको बढि सम्भावना छ ।
विमस्टेक राष्ट्रहरुबीच कनेकक्टिभीटी कमजोर रहेको सुनाउँदै अब यो सम्मेलनमार्फत एक अर्का राष्ट्रबीच जोडिने सञ्जालहरुलाई बढावा दिनुपर्ने शर्माको भनाई छ ।
नेपालले विमस्टेकलाई सही सदुपयोग गर्नुपर्ने शर्माको भनाई छ । उनले भने,‘विमस्टेकमार्फत हामीले आर्थिक वृद्धि हाँसिल गर्नुपर्छ । विज्ञान तथा प्रविधि क्षेत्रको पनि विकास उतिकै महत्वपूर्ण छ । जीवनस्तर उकास्नको लागि पनि विमस्टेक उपयोगी छ ।’ तालिम तथा अनुशन्धनात्मक कार्यक्रमहरु पनि विमस्टेकमार्फत अघि बढाउन नेपालले जोड दिनुपर्ने उनको सुझाव छ ।
पूर्वराजदुत एवम् परराष्ट्रविद् प्रद्युम्न विक्रम शाहले विमस्ेटक शिखर सम्मेलनमार्फत विमस्टेक बडापत्र बनाउन आवाज उठाउनुपर्ने बताएका छन् ।
यद्धपी उनले विमस्टेकको कमजोरी भनेकै नेतृत्वको संकट देखिएको सुनाए । उनले भने,‘विमस्टेकको अहिलेको कमजोरी भनेको यसको नेतृत्वमा देखिएको संकट नै हो ।’
विमस्टेकमा सदस्यताको प्रतिनिधित्वमा सन्तुलन नभएको उनको भनाई छ ।
शाहले नेपाल अध्यक्ष राष्ट्र भएकोले विमस्टेक सम्मेलनमार्फत आगामी सन् २०३० सम्मको भिजनरी डकुमेन्ट तयारी गर्नुपर्ने सुझाव दिए ।