Trending :
 

एलिशा राई बनिन्, सिटिभी मोवाइल ‘मिस राई–२०१७’

बैशाख २०,२०७४

-

वैशाख २० –

एलिसा राईले यस वर्षको सिटिभी मोबाइल ‘मिस राई–२०१७’को उपाधि जितेकी छिन् ।

काठमाडौको जमल स्थित ‘राष्ट्रिय नाचघर’मा भएको फाइनल कार्यक्रममा ११ प्रतिस्पर्धीलाई उछिन्दै एलिसाले यस वर्षको मिस राई ताज पहिरिएकी हुन् ।

पाचौ संस्करणकी विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर समेत पाइन् ।

कार्यक्रमका प्रमुख निर्णायक रिनेशा राईले सोधेको ‘आज यदि भगवान् सँग बरदान माग्नु पर्‍यो भने के माग्नु हुन्छ ? र किन ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै एलिशा राईले उपाधि जितिन् ।

उनलाई मिस राई २०१६की विजेता एलिसा रार्इले ताज पहिर्याइदिइन् ।

त्यस्तै इसारा राई फष्ट रनरअपको ताज आफ्नो शिरमा पार्न सफल भइन् । भने अस्मिता राईले सेकेन्ड रनरअप र रोजि राईले थर्ड रनरअपको उपाधि जितिन् ।

सिटिभी मोवाइल ‘मिस राई–२०१७’को जजहरुमा क्रमश : चर्चित कोरियोग्राफर रिनेशा राई, समाजसेवी दिपिप रुङमाङ, विजनेशम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङ रहेका थिए । कार्यक्रमको व्यवस्थापन प्राज्ञ संगीतकार शान्तीराम राई र युवा विजनेशम्यान अलाइभ ग्लाइडरले गरेका थिए ।

प्रतियाेगिता किरात राई मौलिक कला संस्कृति केन्द्रले किरात समुदायका युवतीहरुको किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि, व्यक्तित्व विकास गर्नका लागी आयोजना गरिदै आएको छ ।

मिस राई–२०१७’को सब टाइटलहरु

मिस राई–२०१७ : एलिसा रार्इ

फस्ट रर्नर अप : इशारा राई

सेकेण्ड रर्नर अप : अस्मिता रार्इ

थर्ड रनरअप :  रोजि राई

मिस ट्यालेन्ट  :  शर्मिला राईले

बेस्ट फोटोजेनिक र भिवर च्वाइज अवार्ड : रजनी राई

बेस्ट फ्रेण्डशिप : एलिशा राई

बेस्ट स्माइल  : एलिना राई

बेस्ट वल्क  : अस्मिता राई

मोस्ट पंचुआलिटि : कमला राई

बेस्ट डिसिप्लेन  : संगीता राई

बेस्ट कल्चर र ड्रेस : प्रतिमा राई

बेस्ट हेयर  : रेश्मा राई

बेस्ट फिगर :  रोजी राई

बेस्ट पर्सानालिटि : इशारा राई

मिस पपुलर : सम्झना राई