Trending :
 

‘सुश्री सम्पति’ ले लियो रिलिज डेट

श्रावण २८,२०७५

-

साउन २८, २०७५ काठमाण्डौ
 
चलचित्र ‘सुश्री सम्पति’ मंसिर २८ मा रिलिज हुने भएको छ । केही समय अगाडि मात्र ‘हुकुम’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले रिलिज डेट केही दिनमा घोषणा गर्ने बताएको थियो । 
 
सुव्रत आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । 
 
चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिने छिन् ।