Trending :
 

एक अर्काका विकल्प : अभिनेत्री वर्षा

श्रावण २८,२०७५

-

साउन २८, २०७५ काठमाण्डौ
 
 
नेपाली रजतपटमा दुर्इ नायिकाको नाम र अनुहारमा धेरै झुक्किन्छन् । यी दुईलाई ठम्याउन अलिकति मिहेनत गर्नै पर्छ ।
 
पेशा, अनुहार र नामका कारण समान देखिने यी नायिकाद्वय वर्षा राउत र वर्षा शिवाकोटी एक अर्काका विकल्प समेत हुन् ।
 
केही समय अघि नेपाली सिनेमा 'मेरो पैसा खोइ' मा वर्षा सिवाकोटी रहने लगभग निश्चित भएको थियो । पछि उनलाई विस्थापित गर्दै नायिका वर्षा राउतको प्रवेश भयो । त्यस्तै 'रानी महल'मा पहिले वर्षा सिवाकोटी अनुबन्धित भएकी थिइन् भने पछि नायिका वर्षा राउत हुने चर्चा चलेको थियो । त्यस भूमिकामा मिस नेपाल निकिता चन्दक हुने फाइनल भयो ।
 
नेपाली चलचित्र नाई नभन्नु ल ५ मा वर्षा सिवाकोटीको नाम चर्चामा रहेको थियो । पछि उनी आउट भइन् भने वर्षा राउतको इन्ट्री भयो । सिवाकोटी आउट र राउत इनको खेल गोपी मा पनि दोहोरिएको छ । हाल प्री प्रोडक्सनको काम भइरहेको चलचित्र ‘गोपी’मा केही दिन अघि नायिका वर्षा सिवाकोटी फाइनल भएकी थिइन् । गोपीमा वर्षा अघि नै अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त फाइनल भइसकेका छन् । कार्यकारी निर्माता श्रीधर पौडेलका अनुसार वर्षा सिवाकोटीको समयका कारण गोपी बाट हात झिकेकी हुन् ।
 
आपसी समझदारीमा नै निस्केका सिवाकोटीको स्थानमा राउतलाई इन्ट्रि गराइएको पौडेलको भनाई रहेको छ । यसअघि सिवाकोटीलाई गोपीमा अनुबन्धन भएबापत केही रकम पारिश्रमिक पनि दिइसकिएको थियो ।
 
भदौ १ बाट छायाङ्कन सुरु हुने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् भने श्रीधर पौडेल यसका कार्यकारी निर्माता हुन् ।