Trending :
 

केरलामा बाढीबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

श्रावण २८,२०७५

-

साउन २८, २०७५ एजेन्सी
 
भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ l बाढी पहिरोको कारण करिब ८ हजार ३ सय १६ करोड भारतीय रुपैयाँ बरबरको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताएका छन्। उनले उद्धार र पुनस्थापनाका लागि थप ४ हजार करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृहमन्त्रालयसँग अनुरोध गरिएको बताए ।
 
गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितको तत्काल राहतका लागि सय करोड उपलब्ध गराउने घोषणा गरेका छन् ।
 
वर्षासँगैको बाढीका कारण केरलाको कैयौं जिल्लामा जनजीवन तहसनहस भएको छ । बाढीका कारण काननुर, वायानाद कोझिकोडे र इदुक्कि र मल्लापुरम जिल्लामा परिस्थिति अत्यन्त जटिल बनेको छ ।
 
बाढीका कारण हजारौ व्यक्ति घरवारबिहीन भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।