Trending :
 

नेपाल बंगलादेशसँग ३–० ले पराजित

श्रावण २९,२०७५

-

 साउन २९, २०७५ काठमाडौं । 
 
 साफ अन्डर १५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै समूह उपविजेता बनेको छ।
 
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको हो। समूह चरणमा एक मात्र खेल जितेको नेपाल उपविजेता बन्यो। 
 
बंगलादेशको जितमा तोहुरा खातुन, मारिया माण्डा र शाजिदा खातुनले गोल गरे।
 
खेलको ४६ औ मिनेटमा तोहराले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिईन्। ५१ औ मिनेटमा  माण्डाले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् ।
 
६७ औ मिनेटमा शाजिदा खातुनले गोल गर्दै बंगलादेशलाई ३(० को स्थितीमा पुर्‍याएकी थिईन् । 
 
समूह चरणका दुवै खेलमा जित निकालेको बंगलादेश ६ अंक सहित समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ ।
 
समूह चरणको दुवै खेलमा पराजित हुदै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।
 
नेपालले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले हराएको थियो । बंगलादेशले भने पाकिस्तानलाई १४–० ले हराएको थियो । 
 
यस्तै आजै भएको अर्को खेलमा भारतले घरेलु टोली भुटानलाई हराउँदै समूह बिजेता बनेर अन्तिम चारमा प्रवेश गरिसकेको छ।
 
समूह ‘ए’ मा भारतले श्रीलंकामाथि १२–० को तथा भुटानले पनि श्रीलंकामाथि ६–० को सहज जित निकालेर सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए।
 
बंगलादेश साविकको विजेता हो भने, भारत उपविजेता हो।