Trending :
 

भारतका पूर्वसभामुख चटर्जीको निधन

श्रावण २९,२०७५

-

साउन २९, २०७५ एजेन्सी
 
भारतीय लोकसभाका पूर्वसभामुख एवं वामपन्थी नेता सोमनाथ चटर्जीको सोमबार बिहान निधन भएको छ । ८९ वर्षको उमेरमा कोलकातामा उनको निधन भएको हो । चटर्जी अगस्ट १० मा एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । चिकित्सकका अनुसार मुटुको समस्याका कारण उनको निधन भएको हो । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का नेता चटर्जी मिर्गौला रोगबाट थलिएका थिए । उनलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत जुलाईमा समेत उनलाई हृदयाघात भएको थियो ।
 
 
सन् १९२९ जुलाई २५ तारिखमा जन्मिएका चटर्जी १० पटकसम्म भारतीय लोकसभाका सदस्य थिए । भारतमा सबैभन्दा बढी लोकसभामा प्रतिनिधित्व गर्नेमध्येका उनी एक हुन् । उनी सन् २००४ देखि २००९ सम्म भारतीय लोकसभाका सभामुख थिए ।