Trending :
 

मलेसियन म्याक्स मनीद्धारा हिमालयन बैंकबिरुद्ध तीन अर्व बिगो दाबी

श्रावण २९,२०७५

-

साउन २९,२०७५ काठमाडौं ।
म्याक्स मनी एस.डी.एन बि.एच.डीले हिमालयन बैंकका बिरुद्धमा तीन अर्व रुपैया बिगो दाबी गरेको छ । 
 
रिपोर्टर्स क्लब नेपालमा म्याक्स मनि एस.डी.एन बि.एच.डीका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि सन् २०१६ सम्म हिमालयन बैंकले झुटो विवरण पेश गरी तीन अर्व बढि रकम भुक्तानी पेश गरेको आरोप लगाउँदै उक्त बिगो दाबी गरेका हुन् ।  
 
पत्रकार सम्मेलनमा बोल्दै म्याक्स मनी एस.डी.एन बि.एच.डीका लगानीकर्ता अब्दा हमिदले बिगत २० वर्षदेखि कारोबार गर्दै आएको यस कम्पनीमा झुटो बिवरण पेश गरेर बैंकले तीन अर्व रुपैयाँ हिनामिना गरेको दाबी गरेका छन् ।  
 
तीन अर्व रुपैया बिगो दाबि गरेको म्याक्स मनिले आफ्नो प्रतिष्ठा माथि आँच आएको भन्दै भ्रमका पछि नलाग्ने समग्र सेवा ग्राहीलाई आग्रह समेत गरेको छ । 
 
लगानीकर्ता अब्दा हमिदले राष्ट्र बैंकमा आफूले यसका बारेमा निबेदन दिएको समेत जानकारी गराए । उनले भने,‘हामीले कारबाहीका लागि राष्ट्र बैंकसँग आग्रह गरेका छौं, यदि राष्ट्र बैंकले हाम्रो समस्यालाई समाधान गर्न सकेन भने हामी अदालतमा जान्छौं, अदालती बाटोबाट न्यायको फैसला हुन्छ ।’
 
कार्यक्रममा जारि गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘हिमालयन बैंकले म्याक्स मनीसँग स्वसिर्जित पिन नम्बर पेश गरि बढि रकम र कमिशन दाबी गरेको, म्याक्स मनीलाई छलकपट जालसाँझी गरि म्याक्स मनिद्धारा पठाईएको पैंसा हिमालय बैंकको हिसाव विवरणबाट हटाईएको, हिमालयन बैंकको कारण म्याक्स मनिलाई आर्थिक क्षति भएको छ ।’
 
विज्ञप्तीमा उल्लेख गरिए अनुसार हिमालयन बैंंकमार्फत जालसाँझी गरेर तीन अर्व हिनामिना गर्नेमा कार्यकारी अधिकृत अशोक शम्सेर जबरा, उज्जवलराज भण्डारी, अनन्तराज भण्डारी (हाल अन्तै काम गर्ने), यूमा श्रेष्ठ, सन्तोष पराजुली (मेलेसियाका लागि हिमालयन बैंक प्रतिनिधि) लगायतको नामको उल्लेख गरेको छ ।   
 
म्याक्स मनीले यस घट्नाको सम्पूर्ण रुपमा स्वतन्त्र तथा विस्तृत छानबिनको लागि नेपाल राष्ट्र बैंको समन्वयनको लागि पनि आग्रह गरेको छ ।