Trending :
 

इटलीमा पुल भत्किँदा ३५ को मृत्यु, ३० भन्दा बढी गाडी दुर्घटना

श्रावण ३०,२०७५

-

 
 साउन ३०, २०७५ एजेन्सी ।
 
 
बीबीसी
 
इटलीको उत्तर पश्चिममा रहेको जेनेभा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा अन्य १५ जना गम्भीर घाइते भएका छन् ।
 
अधिकारीले १२ जना हराइरहेको पनि जानकारी लिएका छन् । घटनास्थलबाट पाइएको जानकारी अनुसार पुलले थिचिएका मानिसहरु रोइरहेको र चिच्याइरहेको आवाज आइरहेको छ ।
 
फसेका मानिसहरुलाई बाहिर निकाल्नका लागि रातभरी राहत र उद्धारकार्य जारी रहेको छ । तीन सय उद्धारकर्मीले कुकुरको मद्दतले फसेका मानिसहरुको खोजी गरिरहेका छन् ।
 
भारी वर्षाका बीच आँधीबेहरी आएका बेला पूल भत्किएपछि तीसवटा भन्दा बढी गाडीहरु पुलसँगै भुइँमा बज्रेका थिए ।
 
स्थानीय सयअनुसार बिहान झण्डै साढे ११ बजे पुल भत्किएको बताइएको छ ।
 
एकजना प्रत्यक्षदर्शीले चट्याङ परेका कारण पुल भत्किएको बताए ।
 
जेनेभा शहरमा एउटा प्रमुख राजमार्गमा रहेको उक्त  झोलुङ्गे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि यसको मर्मतसंभार गरिएको थियो ।
 
 
एजेन्सी