Trending :
 

श्रीलंकाले दक्षिण अफ्रिकालाई ३ विकेटले हरायो

श्रावण ३०,२०७५

-

 साउन ३०, २०७५ कोलम्बो ।
 
 
पाहुना टोली दक्षिण अफ्रीकालाई ३ विकेटले हराउँदै एक मात्र टी–ट्वान्टी क्रिकेटमा श्रीलंकाले जित निकालेको छ।
 
मंगलबार राति सबैभन्दा कम स्कोर बनाएको खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई ३ विकेटले हराएको हो।
 
कोलम्बोस्थित प्रेमादासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १६.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको सामान्य स्कोर बनाएको थियो। दक्षिण अफ्रिकाले इतिहासमै सबैभन्दा कम स्कोर बनाएको हो।
 
९९ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकाले १६ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो। श्रीलंकाको जितमा दिनेश चण्डीमालले अविजित ३६ रन बनाए। यस्तै धनन्जय डी सिल्भाले ३१ रन जोड्दा दसुन सनकाले १६ रन बनाए।
 
दक्षिण अफ्रिकाका लागि कागीसो राबडा, ताब्रेज शाम्सी र जुनियर डालाले समान २÷२ विकेट लिएका थिए।
 
यसअघि पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रीका १६ ओभर ४ बलमा अलआउट हुँदै ९८ रनमा समेटिएको थियो। दक्षिण अफ्रीकाका कप्तान क्विनटन डी ककले २०, रिजा हेन्ड्रिक्सले १९ तथा हेन्रीच क्लासेनले १८ रन जोडेका थिए।
 
दक्षिण अफ्रिकालाई कम स्कोरमा रोक्न लक्षण संदाकनले ३ तथा अकिला धनन्जय र धनन्जय डी सिल्भाले समान २÷२ विकेट लिए ।
 
यसअघि श्रीलंकाले पाँच खेलको एकदिवसीय सिरिज ३.२ ले गुमाएको थियो।
 
त्यसअघि दुई खेलको टेष्ट भने श्रीलंकाले आफ्नो बनाएको थियो। एजेन्सी ।