Trending :
 

इटालीमा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

श्रावण ३०,२०७५

-

साउन ३०, २०७५ एजेंसी
 
 
इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा मङ्गलबार एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । इटालीका उप–यातायात मन्त्री एडोआर्डो रिक्सीले घटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
 
घटनामा परी केही मानिसहरू सम्पर्कमा नआएको र केहीलाई सख्त घाइते अवस्थामा अस्पताल लगिएकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने उपमन्त्री रिक्सीलाई उद्धृत गर्दै इटालीको टेलिभिजन च्यानल स्काई टिजी २४ ले जनाएको छ ।
 
ए १० सडक अन्तर्गतको पुल भत्किएर रेलमार्गमा खसेको र केही व्यक्ति सम्पर्कमा नआएकाले पुलको भग्नाबशेषमा परेको आशङ्कामा त्यसलाई हटाउने कार्य स्थानीय नागरिक र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेको मन्त्री रिक्सीले बताए। 
 
उनका अनुसार पुल भत्किएसँगै केही कार र ट्रकहरू भग्नाबशेषमा फसेका छन् भने पुलबाट सिमेन्टले बनेका पथ्थरका ठूलाठूला टुक्राहरूले नजिकैका घरहरूमा समेत क्षति पुगेको बताइएको छ। इटालियाली सञ्चारमाध्यमका अनुसार मोरान्डी पुलको २०० मिटर भाग भत्किएको छ । पुल ग्रीनविच समय अनुसार मङ्गलबार विहान १० बजे भत्किएको हो।