साफ यु १५ को सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
-
साउन ३१, २०७५ काठमाडौँ ।
भुटानमा जारी दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बिहिबार प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ।
भुटानको चाम्लिङथाङ रंगशालमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि शुरू हुने खेलमा उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ। तर, साविक उपविजेता भारतलाई पराजित गर्न नेपालाई सहज छैन।
अघिल्लो संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भएको भारत यस पटक लयमा देखिएको छ।
समूह ‘ए’ को विजेतासमेत रहेको भारतले समूह चरणमा १३ गोल गरेको छ भने कुनै पनि गोल खाएको छैन। पहिलो खेलमा श्रीलंकालाई १२ गोल गरेको भारतले दोस्रो खेलमा घरेलु टोलीलाई १÷० गोल अन्तरमा हराउँदै समूह विजेता बनेको हो।
समूहको उपविजेता बनेको नेपालले समूह ‘बी’ मा पहिलो खेलमा पाकिस्तानलाई ४–० ले हराए पनि दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३–० ले पराजित भएको थियो।
आजै हुने दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानको सामना गर्नेछ।
बंगलादेश समूह ‘बी’ को विजेता तथा भुटान समूह ‘ए’ का उपविजेता हो। समूह चरणका बंगलादेशले श्रीलंकालाई १४–० ले तथा नेपाललाई ३–० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउदा भुटानले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
६ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।