एसियाड फुटबलबाट नेपाल बाहिरियो
-
भदौ १, २०७५ काठमाडौँ ।
नेपाल भियतनामसँग पराजित हुँदै एसियन गेम्स फुटबलबाट बाहिरिएको छ।
इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरूष फुटबलको दोस्रो खेलमा नेपाल भिएतनामसाग २–० गोल अन्तरले पराजित हुँदै एक खेल अवागै बाहिरिएको हो।
विभाहा मुक्ति रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप एक गोल खान पुग्यो। खेलको ३१ औ मिनेटमा गुएनले गोल गर्दै भियतनामलाई सूरुवाती अग्रता दिलाएका थिए।
खेलको ६४ औ मिनेटमा फान भान डकले गोल गर्दै भियतनामको जित सुनिश्चित गरेका हुन्। हारसँगै नेपालको अघिल्लो चरणको सम्भावना सकिएको छ।
समूह चरणको पहिलो खेलमा नेपाल जापानसँग १–० ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले अब पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
समूहबाट जापान र भियतनाम दोस्रो चरणमा पुगेका छन्। जापानले आजै भएको अर्को खेलमा पाकिस्तानलाई ४–०ले हराउँदै दोस्रो चरण निश्चित गरेको हो।