Trending :
 

अर्जेन्टिनाबाट मेसीले नखेल्ने

भाद्र ०१,२०७५

-

 भदौ १, २०७५ एजेन्सी ।
 
लियोनल मेसीले अर्जेन्टिनाबाट यो वर्ष (सन् २०१८) भर नखेल्ने खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सार्वजनिक भएको छ।
 
सन् २००५ मा राष्ट्रिय टिमबाट डेबयू गरेका मेसीले अर्जेन्टिनाबाट १ सय २८ खेलबाट ६५ गोल गरिसकेका छन्।
 
पाँच पटकका बालोन डी ओर विजेता मेसीले भविष्यमा अर्जेन्टिनाबाट खेल्ने नखेल्ने भन्ने निर्णय नयाँ प्रशिक्षकको आएपछि तय हुने समाचारमा जनाइएको छ।
 
३१ वर्षे मेसी अर्जेन्टिना फुटबल संघले गर्ने नयाँ प्रशिक्षकको नियुक्तीलाई हेरिरहेका छन्। रसिया विश्व कपमा बिर्सनलायक प्रदर्शन गरेको अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएपछि अर्जेन्टिनाले प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गरेको थियो।
 
त्यसपछि वेस्ट ह्यामका पूर्व रक्षक लियोन स्कालोनीलाई टोलीको कार्यवहाक प्रशिक्षक नियुक्ती गरिएको थियो।
 
मेसीलाई वर्ष २०१८ को बाँकी अवधिका लागि टोलीमा समावेश नगरिने समाचारमा जनाइएको छ।
 
विश्व कपमा आइसल्यान्ड्, नाइजेरिया र क्रोएसिया सम्मिलित समूहबाट उपविजेतका रुपमा अर्जेन्टिना अन्तिम १६ मा पुगेको थियो ।
 
तर टोली अन्तिम १६ मा फ्रान्ससँग ४–३ को हार बेहोरेको थियो। जसमा मेसीले जम्मा १ गोल गरेका थिए।
 
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीले १५ सिजन टोलीका बिताएका छन्। ६३८ खेलबाट ५ सय ५२ गोल गरिसकेको छन्।
 
यसैबीच मेसीले यो वर्ष नखेल्ने निर्णयलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको मान्न नमिल्ने कतिपयले बताएका छन् ।
 
अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टिभेजले मेसीको निर्णयबाट आफू आश्चर्यमा नपरेको भन्दै मेसीले आरामका लागि यस्तो निर्णय गरेको हुनसक्ने अनुमान लगाएका छन्।
 
मेसीले यसअघि पनि सन्यासको घोषणा गर्दै फेरि टिममा पटक(पटक फर्किएकाले धेरैले अझैपनि मेसी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्कने अपेक्षा गरेका छन् । मेसीले सन् २०१६ मा चिलिसँग कोपा अमेरिका कप हारेपछि सन्यासको घोषणा गरेका थिए। एजेन्सी ।