Trending :
 

२७ वर्षिय नाइजेरियन भिक्टरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

भाद्र ०१,२०७५

-

भदौ १, २०७५ एजेन्सी ।
  
नाइजेरियाका २७ वर्षिय खेलाडी भिक्टरले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् ।
 
हालै रूसमा सम्पन्न २१औं संस्करणको फिफा विश्वकपमा समूह चरणको खेलमा अर्जेन्टिनाविरूद्ध गोल गरेका भिक्टर मोसेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
 
चेल्सीबाट व्यवसायिक फुटबल खेल्दै आएका भिक्टरले २७ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
 
सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ३७ खेलबाट १२ गोल गरेका छन् ।
 
भिक्टरले सन्यासको घोषणा गर्दै नाइजेरियाको जर्सीमा आफूले जीवनको उत्कृष्ट समय बिताएको भन्दै यो जीवनभर याद हुने बताएका छन् ।
 
अब आफूलाई क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने भन्दै राष्ट्रिय टिमबाट बिदा हुने निर्णय लिएको बताए ।
 
उनले नयाँ पुस्तालाई अवसर दिन पनि आफूले सन्यासको घोषणा गरेको बताएका छन् ।
 
भिक्टरले नाइजेरियाको टिमबाट सन् २०१३ मा अफ्रिका कप अफ नेशन्सको उपाधि जिते ।
 
यस्तै उनले सन् २०१४ र २०१८ को विश्वकपमा देशको प्रतिनिधित्व गरे ।
 
नाइजेरियाले पछिल्लो समय रूस विश्वकपमा आइसल्याण्डलाई हराउँदै सनसनी मच्चाए पनि क्रोएसिया र अर्जेन्टिनासँग पराजित हुँदै समूह चरणबाटै घर फर्किएको थियो ।
 
नाइजेरियाका २७ वर्षिय खेलाडी भिक्टरले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् ।
 
हालै रूसमा सम्पन्न २१औं संस्करणको फिफा विश्वकपमा समूह चरणको खेलमा अर्जेन्टिनाविरूद्ध गोल गरेका भिक्टर मोसेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
 
चेल्सीबाट व्यवसायिक फुटबल खेल्दै आएका भिक्टरले २७ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
 
सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ३७ खेलबाट १२ गोल गरेका छन् ।
 
भिक्टरले सन्यासको घोषणा गर्दै नाइजेरियाको जर्सीमा आफूले जीवनको उत्कृष्ट समय बिताएको भन्दै यो जीवनभर याद हुने बताएका छन् ।
 
अब आफूलाई क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने भन्दै राष्ट्रिय टिमबाट बिदा हुने निर्णय लिएको बताए ।
 
उनले नयाँ पुस्तालाई अवसर दिन पनि आफूले सन्यासको घोषणा गरेको बताएका छन् ।
 
भिक्टरले नाइजेरियाको टिमबाट सन् २०१३ मा अफ्रिका कप अफ नेशन्सको उपाधि जिते ।
 
यस्तै उनले सन् २०१४ र २०१८ को विश्वकपमा देशको प्रतिनिधित्व गरे ।
 
नाइजेरियाले पछिल्लो समय रूस विश्वकपमा आइसल्याण्डलाई हराउँदै सनसनी मच्चाए पनि क्रोएसिया र अर्जेन्टिनासँग पराजित हुँदै समूह चरणबाटै घर फर्किएको थियो । एजेन्सी ।