Trending :
 

दीपिका र रणवीरको विवाहमा मोबाइल प्रतिबन्धित

भाद्र ०१,२०७५

-

१ भदौ, २०७५ एजेन्सी
 
 
पछिल्लो समय रणवीर सिंह र दीपिका पादुकोणको विवाहका विषयमा खुबै चर्चा भइरहेको छ । यी सुपरस्टार जोडी २० नोभेम्वरमा इटालीमा विवाह गर्दैछन् ।
 
दीपिका र रणवीरको यो विवाह समारोहमा परिवारका सदस्य र उनका नजिकका साथी सहभागी हुनेछन् । अनुमान गरिएको छ कि गेस्ट लिस्टमा धेरैमा ३० जना सहभागी हुनेछन् । इटाली दीपिका र रणवीरको मनपर्ने ठाउँ हो । यी दुवै जनाले उक्त खास दिन प्राइभेट तरिकाबाट सेलिब्रेट गर्न चाहँदैछन् । उनीहरुले भारत आउनेवित्तिकै ‘वैडिङ रिसेप्सन’ दिने विचार गरेका छन् ।
 
विराट कोहली र अनुष्का शर्माको विवाह मण्डपबाट धेरै भन्दा धेरै तस्वीर बाहिर आएका थिए । यसका साथै सोनम कपूरको विवाहबाट पनि दुई हप्तासम्म सामाजिक सञ्जालमा तस्वीर र भिडियो भाइरल भएका थिए । रणवीर र दीपिका यस कुरामा सतर्क छन् कि उनीहरु यो दिनलाई गोप्य राख्न चाहान्छन् । र स्मार्ट फोनको क्यामराबाट बच्न उनीहरुले नयाँ जुक्ति लगाएका छन् । उनीहरुले यस विवाहमा आउने पाहुनाहरुलाई मोबाइलको प्रयोग नगरिदिन आग्रह गरेका छन् ।
 
एक सूत्रकाअनुसार, ‘दीपिका र रणवीरले पाहुनालाई विवाह समारोहमा फोन नलैजानका लागि भनेका छन् । रणवीर र दीपिकाको यो विवाहमा धेरैभन्दा धेरै पाहुना उपस्थित हुनेछन् । अचम्मको कुरा त यो छ कि सुपरस्टार जोडी आफ्नो विवाहको तस्वीर शेयर गर्न सबैलाई अनुमति दिन्छन् तर, दीपिका र रणवीरको ठहर यो छ कि यस फैसलापछि हामीहरुलाई गोपनियताको सामना गर्नु पर्दैन ।’