राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानद्धारा कलाकर्मी र सञ्चारकर्मीलाई सम्मान
-
भदौ २,२०७५ काठमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति ललितपुरको पाचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार ललितपुरको बालकुमारी स्थित न्यु ईन्द्रावती रोधी घरमा सम्पन्न साधारणसभाले समितिका सचिव सुजन बराइलीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष तोलाचन्द ठकुरीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन २०७४ / ०७५ सर्वसम्मत पारित गरेको छ ।
संस्थाको २०७४/०७५ आम्दानी कुल एक लाख ४६ हजार ३ सय ७० रहेको छ भने खर्च ५९ हजार ४० रुपैया रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको अवसरमा प्रतिष्ठानले गित संगित क्षेत्रमा योगदान पुर्याउने कलाकर्मी तथा सञ्चारकर्मीहरुलाई सम्मान समेत गरेको थियो ।
प्रतिष्ठानले आस्था न्युज अनलाइनकी पत्रकार उमा केसी, उज्यालो रेडियोकी दिपा तिमिल्सिना, पत्रकार राजु बोहरा लगायतका सञ्चारकर्मी तथा कलाकर्मीलाई प्रशंसापत्र सहित सम्मान गरेको हो ।