Trending :
 

नेपाल साफ यु १५ महिला फुटबल टोली भुटानसँग ४\३ ले पराजित

चौथो स्थानमा सिमित

भाद्र ०३,२०७५

-

 भदौ २, २०७५ काठमाडौँ ।
 
भुटानमा जारी दोस्रो संस्करणको साफ यू.१५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भुटानसँग पराजित हुँदै चौथो भएको छ।
 
शनिबार तेस्रो स्थानको लागि भएको खेलमा भुटानसँग पेनाल्टी सुटआउटमा ४\३ ले पराजित हुँदै नेपाल चौथो भएको हो।
 
बंगलादेशलाई हराउँदै भारतले उपाधि जित्यो
 
डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई १\० गोल अन्तरमा हराउँदै भारतले उपाधि जितेको छ। भारतको जितमा सुनिता मुण्डाले ६६औं मिनेटमा गोल गरिन्।
 
यसअघि थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेटमा  २\२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
 
यसअघि खेलको तेस्रो मिनेटमै घरेलु टोले अग्रता लिएको थियो। देकी याङदोङको गोल गर्दै भुटानलाई सुरूवाती अग्रता दिलाइन्।
 
 
पहिलो हाफसम्म १\० ले पछि परेको नेपालले दोस्रो हाफको सुरूमै बराबरी गोल गर्कायो। नेपालका लागि चन्द्र भण्डारीले ४८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। त्यसको सात मिनेटपछि भण्डारीले नै गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।
 
तर खेलको ६६ औं मिनेटमा भुटानकी एसी बिदाले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन्।
 
पेनाल्टी सुटआउटमा नेपालकी सरस्वती हमाल, प्रीति राई, सलोनी रानामगरले गोल गरेका थिए।
 
यसअघि बिहिबार भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग २\१ गोल अन्तरले पराजित भएको थियो भने भुटानलाई साबिक बिजेता बंगलादेशले ५\० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो।