अलाभेसलाई ३–० ले हराउँदै बार्सिलोनाको सहज जित
-
भदौ ३, २०७५ एजेन्सी ।
लियोनल मेसी र फिलिप्स कौटिन्होको गोलबाट ला लिगा फुटबलमा साबिक बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा डिपोर्टिभो अलाभेसलाई ३–० ले हराउँदै बार्सिलोनाले सिजनको शुखद सुरुवात गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेसीले दुई तथा फिलिप कौटिन्होले एक गोल गरे।
क्याम्प नाउमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै बार्सिलोनाले सहज जित निकालेको हो।
खेलको ६४ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै कप्तान मेसीले बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले लिगमा डेब्यु गरिरहेका आर्थरको पासमा गोल गरेका थिए ।
खेलको इन्जुरी समयमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३ – ० को सहज जित हात पार्दै लिगमा ३ अंक जोड्यो।