Trending :
 

‘साइड हिरो’ बन्दै बलिउडमा प्रवेश गरेका सलमान खान कसरी बने ‘दबंग’ ?

भाद्र ०३,२०७५

-

३ भदौ, २०७५ काठमाण्डौ
 
 
बलिउडका ‘दबंग’ खान अर्थात सलमान खान बलिउडमा प्रवेश गरेको अगस्टमा ३० बर्ष पुरा हुँदैछ । सलमान बलिउडका त्यस्ता स्टार हुन्, जसको फ्लप भनिएको फिल्मले पनि सय करोड माथिको व्यापार गर्छ । सलमान बलिउड प्रवेश गरेको ३० वर्ष पुगेको उपलक्ष्यमा अगामी शनिबार भारतीय टिभी च्यानल सोनी म्याक्स २ ले उनी अभिनित पहिलो फिल्म ‘बिबी हो तो ऐसी’ प्रसारण गर्दैछ ।
 
सलमानको सो फिल्मलाई निर्देशक जेके बिहारीले लेखेका थिए । फिल्म सन् १९८२ मा रिलिज भएको एकदमै सफल पाकिस्तानी फिल्मको बलिउड संस्करण थियो ।
 
फिल्ममा सलमान खानले साइड हिरोको रूपमा एउटा छोटो भूमिकामा अभिनय गरेका छन् । उनले फिल्म अभिनेत्री रेखा तथा निर्देशक केसी बोकाडिया जस्ता हस्तीलाई देखेर गर्न तयार भएका थिए । फिल्ममा अभिनय गरेपनि फिल्ममा उनी आफैले डबिङ गर्न भने पाएनन । उनको डबिङ अर्कै कलाकारले गरे ।
 
फिल्म हिट भएपनि त्यसको कुनै फाइदा सलमानलाई भएन। हिरोको रूपमा स्थापित हुन उनले दोश्रो फिल्मसम्म कुर्नुपर्‍यो। सुरज बरजात्या निर्देशित 'मैने प्यार किया'ले उनलाई बलिउडमा रोमान्टिक हिरोको रूपमा स्थापित गरायो ।
 
सो फिल्मपछि ९० को दशकमा सलमानले रोमान्टिक ड्रामा ‘हम आपके हैं कौन’ (१९९४), एक्सन थ्रिलर ‘करन अर्जुन’ (१९९५), कमेडी फिल्म ‘बिबी नम्बर १’ (१९९९)। पारिवारिक सिनेमा ‘हम साथ साथ है’ (१९९९) जस्ता सर्वाधिक व्यापार गर्ने फिल्महरू दर्शकलाई दिदैं आफ्नो सफलतालाई एउटा मुकाम मा पुर्‍याए र बलिउडका सर्वाधिक चर्चित मध्येका एक अनुहार बने ।
 
बलिउडका चर्चित पटकथाकार सलिम खानका जेठा छोराको ३० वर्ष लामो करियर उतारचढावपूर्ण छ । फिल्मी करियरमा उनि सर्वाधिक सफल अभिनेताको सूचिमा पर्छन् । उनी हाल बलिउडका चर्चित ३ खान माध्येका एक हुन् । यस सूचिमा उनीसँगे शाहरूख खान तथा आमिर खान छन् । यी तीनै अभिनेताको अनुहार फिल्ममा हुनु सो फिल्मको सफलताको एकमानेमा ग्यारेन्टी जस्तै मानिन्छ ।
 
९० को दशकमा सफलताको सिढि चढेका सलमानले २००० दशकमा भने केहि समय ओरालो पनि झर्नुपर्‍योु। चंकारा शिकार, रक्सी खाएर गाडी दुर्घटना हुँदा सडकपेटी सुतेका मानिसहरूको हत्या गरेको आरोपका कारण उनी व्यक्तिगत रूपमा आलोचित भए । यसले उनको थुप्रै समय अदालती प्रक्रियामा समेत यही दशकमा भयो । त्यस्तै पूर्व विश्व सुन्दरीसँगको प्रेमप्रसंग र तनावले पनि उनी चर्चामा रहिरहे ।
 
जथाभावी साथीभाइका फिल्म गर्दा उनको करियर ओरालो लागेको थियो । सन् २००९ मा 'वान्टेड' फिल्मबाट उनी पुन: पर्दामा सशक्त भएर आए । त्यसयता उनको भागमा लगभग शतप्रतिशत सफलता नै परेको छ । ‘दंबङ’,’ रेडी’, ‘बडिगार्ड’, ‘एक था टाइगर’, ‘दबङ २’, ‘किकु’ ‘प्रेम रतन धन पायो’, ‘बंजरंगी भाइजान’, ‘सुल्तान’ ‘टाइगर जिन्दा है’ जस्ता फिल्मले सबै सर्वाधिक व्यापर गर्ने फिल्मको सुचिमा अग्रस्थानमा रहे ।
 
लगातार यी फिल्मबाट प्राप्त सफलताले उनको स्थान बलिउडमा पछिल्लो १० वर्ष सशक्त रहँदै आएको छ । यी फिल्महरूको सफलताले सलमान बितेका १० वर्षमा लगातार सर्वाधिक कमाइ गर्ने एकमात्र फिल्म अभिनेता बने । उनका १२ फिल्ममा प्रत्येक फिल्मले एक बिलियन भारतिय रूपयाँको कमाइको कीर्तिमान राखेका छन् ।