समुन्द्र मन्थनबाट उत्पन्न भएका थिए यी ५ कन्या, कसले को पाए ?
-
३ भदौ, २०७५ काठमाण्डौ l
पुराणमा वर्णित एक प्रसिद्ध पौराणिक कथा छ जसमा देवता र दानव मिलेर समुन्द्रको मन्थन गरेका थिए । यस मन्थनको क्रममा एकापट्टि हलाहल विष निक्लेको थियो भने दोस्रो तर्फ अमृत पनि निक्लेको थियो । यस मन्थनमा ५ कन्या र १४ रत्न निक्लेको थियो । आज हामी ती ५ कन्याका बारेमा चर्चा गर्न गईरहेका छौँ ।
रम्भा
रम्भा एक प्रतिभाशाली नर्तकी थिईन्, त्यसकारण उनलाई इन्द्रलोक पठाईएको थियो । उनी आकर्षक आभूषण र सुन्दर वस्त्रमा थिईन्, उनको चाल मन लोभ्याउने प्रकृतिको थियो। रम्भा इन्द्रलोकमा आफ्नो नृत्यले देवी-देवतालाई मनोरञ्जन दिन्थिन् । एक पटक विश्वामित्रको घोर तपस्याबाट विचलित भई इन्द्रले रम्भालाई बोलाई विश्वामित्रको तप भंग गर्नको लागि पठाएका थिए ।
लक्ष्मी
समुद्र मन्थनको क्रममा रत्नको रुपमा देवी लक्ष्मी समुद्रबाट प्रकट भएकी थिईन् । उनको अवतरण पछि सबै देव र दानव चाहन्थे कि लक्ष्मी उनीहरुले पाऊन् । तर देवी लक्ष्मीले भगवान विष्णुको वरण गरिन् ।
वारुणी
सुरा अर्थात मदिरा लिएर वारुणी देवी समुन्द्रबाट प्रकट भएकी थिईन् । भगवानको अनुमति पछि उनले उक्त मदिरा असुरलाई दिएकी थिईन् ।
तारा
रामायणमा कथा छ कि देवराज इन्द्रका पुत्र वानरराज बालीले समुन्द्र मन्थनको क्रममा देवताको सहायता गरेका थिए । बालीको बल र साहस देखी प्रसन्न भई देवराज इन्द्रले उनलाई वरदान दिएका थिए कि उनको सामु जुनसुकै योद्धा आए पनि उसको आधा बल उनले नै पाउनेछन् । साथै देवताहरुले सागर मन्थनबाट उत्पन्न अप्सरा तारासँग बालीको विवाह पनि गरिदिएका थिए ।
रुमी
वानरराज बालीका भाई तथा सूर्य पुत्र सुग्रीवले पनि समुन्द्र मन्थनबाट उत्पन्न अप्सरा मध्ये एक अप्सरा रुमी पत्नीको स्वरुपमा प्राप्त गरेका थिए । जस माथि एक समय बालीले अधिकार जमाएका थिए । आफ्नो पत्नीलाई मुक्त गर्नको लागि र आफ्नो सम्मान प्राप्त गर्नको लागि सुग्रीवले भगवान रामसँग मित्रता गाँसेका थिए ।