Trending :
 

पाइल्स रोगलाई एक महिनामै चट पार्ने अचूक घरेलु औषधी एवं सुझाव

भाद्र ०३,२०७५

-

३ भदौ, २०७५ काठमाण्डौ l
 
 
पाइल्स रोकथाममा मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।
 
 
पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई नबताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ । औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।
 
पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ ।
 
यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।
 
अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ ।
 
 
पाइल्सका विरामीले के खाने, के नखाने ? यस्तो छ चिकित्सकको सुझाव
 
 
पाइल्सका कारण मानिसहरुले धेरै दुःख पाउने गरेका छन् । पाइल्सका विरामीले खानेकुरामा ध्यान दिए यसबाट राहत पाउन सक्छन् । पाइल्स हुँदा के खाने ? के नखाने ? र कति बेला के खाने भन्ने कुरा जान्न आवश्यक छ । यसबाट पाइल्स छिटो र प्रभावकारी रुपमा ठीक हुन मद्दत मिल्छ ।
 
१. प्रशस्त पानी पिउने (१ घण्टामा १ गिलास) ।
२. हरियो सागपात काँचै खाने, फलफूलको जूस तथा फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने ।
३. दैनिक ४५ मिनेटदेखि १ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग–आसन, रिड व्यायाम, एरोबिक व्यायाम आदि ।
४. हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने ९एनिमा लिने० र कब्जियत हुन नदिने ।
५. शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने ।
६. चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने ।
७. शौचालय गईसकेपछि वा सुत्नु अघि तोरीरजैतुनको तेल गुहद्वारमा लगाउने ।
८. धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती, जर्दा जस्ता चिजको सेवन नगर्ने ।
 
के खाने ?
 
१. गहुँको चोकरसहितको रोटी l
२. जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला l
३. गाजर, पालुँगो, मुला, करेलाको रस l
४. धनियाँका रसमा मिस्रि मिलाएर खाने l
५. पानी धेरै पिउने l
६. हरियो सागसब्जीरसलाद आदि खाने ।
 
के नखाने ?
 
१. तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि ।
 
पाइल्समा भोजन एंव पोषण तालिका-
 
बिहान
 
५:३० बजे : पानी २ गिलास तथा २ र ३ लसुनको केशरा खाने l
७:०० बजे : मुनक्का या छोहरा ५० ग्राम (७ छण्टा पानीमा भिजाएर) l
 
१०-११ बजे (बिहान)
 
१. रातो चामलको भात १०० ग्राम l
२. दाल १० ग्राम अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो l
३. तरकारी ३०० ग्राम जस्तै- सिजन अनुसारको परवर, लौका, करेला, घिरौँला, हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने ।
४. सलाद २०० ग्राम जस्तै- काँक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु ।
 
दिउस
 
३:०० बजे  (तलका मध्ये कुनै एक)
 
१. गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फपर, कोदो, मकैको रोटी पनि खान सकिन्छ l
२. हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै l
३. फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक l
 
बेलुका
 
८:०० बजे
 
१. गहुँको सुख्खा रोटी २-३ वटा l
२. तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने) l
३. पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने l
४. हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने l
५. खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने l
६. रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौँ । खानामा रोटी, भातको मात्रा २०–४० % र हरियो सागसब्जी र सुपको मात्रा ६०–८० % हुनु जरुरी छ ।