Trending :
 

आर्थिक प्रसङ्ग

फेसबुक प्रयोगकर्ता संख्या दुई अर्ब,कम्पनी नाफामा व्रिद्दी

बैशाख २१,२०७४

-

२१,२०७४वैशाख,काठमाडौँ-

फेसबूकका प्रयोगकर्ताको संख्या दुई अर्ब पुगेपछि कम्पनीको नाफामा यो वर्ष वृद्धि भएको छ ।


प्रत्येक महिना फेसबूक चलाउने मानिसको संख्या बढेर १ अर्ब ९४ करोड पुगेको छ भने लगभग एक अर्ब तीस करोडले दिनदिनै यसको प्रयोग गर्छन् ।

सन् २०१७ को पहिलो त्रैमासिकमा फेसबूकले तीन अर्ब डलरभन्दा बढीको मुनाफा ग-यो र वर्षको हिसाबमा यो ७६ प्रतिशतको वृद्धि हो ।

तर विज्ञापनबाट उठ्ने रेभेन्युमा कमी आउन सक्ने पनि फेसबूकले चेतावनी दिएको छ ।

 

हालैका साताहरूमा फेसबूकमाथि घृणाका सन्देश, बालबालिकामाथिको दुर्व्यवहार र आत्महत्या जस्ता कुरामा दबाब परेको छ ।

बुधवार मार्क जुकरबर्गले फेसबूकका विषयवस्तुलाई सम्पादन गर्नका लागि तीन हजार अतिरिक्त व्यक्ति नियुक्त गर्ने घोषणा गरेका छन् ।

  • बीबीसीबाट