Trending :
 

हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’ आउँदै

बैशाख २१,२०७४

-

वैशाख २१ –

पहिलो पुस्तक ‘चिना हराएको मान्छे’को सफल पछि हरिवंश आचार्य फेरी अर्को पुस्तक ल्याउने क्रममा छन् ।

चर्चित हास्य कलाकार हरिवंश आचार्य यो पटक आफ्नो पहिलो उपन्यास 'हरिबहादुर' लिई आउने भएका हुन् । उपन्यास ‘हरिबहादुर’को विमोचन अर्का हास्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार ३ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा हुँदैछ ।

हरिवंशले मदनबहादुर हरिबहादुर टेलिशृंखलाको आफूलाई मन पर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर एउटा पात्र प्रधानउपन्यास बनाएको बताए ।

उपन्यासको मुख्य पात्र आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहाँ पाइला टेके पनि दश बल्ड्याङ खानपुग्छ । हरिवंशले उपन्यासको बारेमा बोल्दै भने । हास्य र व्यङ्ग्यले भरिएको हरिबहादुरले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने जत्तिको मनोरञ्जन दिने बताइएको छ ।

‘चिना हराएको मान्छे लेख्दा मैले विषयबारे सोच्न परेको थिएन। जिन्दगीमा भोगेका घटनालाई आफूले सकेसम्म रमाइलो पाराले लेखिदिए पुगेको थियो। तर, उपन्यास लेख्छु ‘भन्ने विचार बनाएपछि भने धेरै सोच्नुपरेको थियो’ आचार्यले भने ‘अन्ततः मैले मदनबहादुर हरिबहादुर टेलिश्रृङ्खलाको मलाई मन पर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर एउटा पात्रप्रधान उपन्यास बनाउने निधो गरेँ।’

हास्य र व्यङ्यको पुटले भरिएको हरिबहादुरले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने जत्तिको मनोरञ्जन दिने प्रकाशक फाइनप्रिन्टको दावी छ। यसको मूल्य रु ३९८ रहेको छ ।