साङ्लाको सर्बत खाऔं, दमबाट बचौं !

भाद्र ०४,२०७५

-

४ भदौ, २०७५ एजेंसी
 
 
साङ्लादेखि डराउने कति हुनुहुन्छ ? घिन पनि लाग्छ ? तर अब त्यसो नगरौं । यो त ओखति हुँदो रहेछ ।
 
पश्चिमा देशहरूमा यसलाइ हाइजिनसँग जोडेर हेर्ने गरिन्छ । तर कतिपय एशियाली देशमा साङ्ला भोजनको परिकार बन्ने गरेको छ । चीनमा साङ्लाको व्यवसायिक उत्पादन नै सुरू भएको छ l चीनको शीचांग शहरस्थित एक औषधि उद्योगले ६ अर्ब साङ्ला पालिरहेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार झन्डै दुई वटा खेल मैदान बराबरको एक घरभित्र सो संख्यामा साङ्ला पालिएको हो । घरभित्र अँध्यारो पारिएको छ । वातावरण गर्मी कायम गरिएको छ । फार्म्भित्र साङ्लालाइ घुमफिर तथा प्रजननको स्वतन्त्रता छ । उनीहरुलाई सूर्यको प्रकाशबाट टाढै राखिएको छ । एवं घरबाहिर निस्किन नसक्ने गरी व्यवस्था मिलाइएको छ ।
 
आर्टिफिसीयल इन्टेलिजेन्स सिस्टमले साङ्लाको हेरचाह गर्छ । यो बाहेक घरभित्रको तापक्रम, खानाको उपलब्धता एवं आद्रतालाई नियन्त्रण गरिएको छ । सुँगुर, कुखुराजस्तै यहाँ साङ्लाको व्यवसायिक उत्पादन भइरहेको हो । लक्ष्य उस्तै छ कम समयमा धेरै साङ्ला उत्पादन गर्ने ।
 
जब साङ्ला वयस्क हुन्छन् तब यिनलाई कुल्चिइन्छ र त्यसको सरबत सरह चिनियाँ परम्परागत औषधिको रूपमा पिइन्छ । पेटको अल्सर, श्वाश प्रश्वास, उल्टी एवं अन्य धेरै रोगको उपचारको लागि यस्तो सर्बत पिउने चलन चीनमा छ ।
 
साडन्ग कृषि विश्वविद्यालयका प्रोफेसर तथा इन्सेक्ट एशोसिएशन अफ सान्डग प्रान्तका निर्देशक लियू युसेन्सका अनुसार यो वास्तवमै एक चमात्कारिक औषधि हो । उनी भन्छन्, ‘यसले धेरै रोगको औषधि गर्न सक्छ । अन्य औषधिको तुलनामा यसले तीब्र प्रभाव पार्छ ।’ उनका अनुसार यो सस्तो औषधि हो । नयाँ औषधि खोज्ने प्रयासमा पश्चिमा देशभन्दा सस्तो औषधि साङ्लाबाट निस्कने सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
 
औषधिका लागि साङ्ला पालन सरकारी योजनाको एउटा कार्यक्रम हो । र यसबाट बन्ने औषधि अस्पतालमा समेत प्रयोग हुनेगर्छ ।