नग्न युवतीको शरीरमा खाना पस्किने अचम्मको रेष्टुरेन्ट

प्लेट बनेर सुतेकी युवतीको शरीरबाट खाना खान मानिसहरुको लामो लाइन लाग्छ

भाद्र ०४,२०७५

-

४ भदौ, २०७५ एजेंसी
 
 
मानिसहरुले मार्केटिङको लागि विभिन्न हतकण्डा अपनाउन पछि पर्दैनन् । जापानको एक रेष्टुरेन्टले पनि ग्राहक तान्नको लागि यस्तै हतकण्डा अपनाइरहेको छ ।
 
जापानमा ‘न्योटाइमोरी एक्सपेरियन्स’ नामको रेष्टुरेन्ट निकै प्रख्यात छ । यो रेष्टुरेन्ट प्रख्यात हुनुको पछाडी एउटा अचम्मको कारण छ । यहाँ नग्न युवतीहरुको शरीरमा खानेकुरा पस्किने गरिन्छ । र त्यहि प्लेट बनेर बसेकी युवतीको शरीरबाट खाना खानको लागि मानिसहरु लाइन पनि लामै हुने समाचारमा जनाइएको छ ।
 
रिपोर्टहरुका अनुुसार नग्न अवस्थामा रहेका युवतीको शरीरमा विभिन्न व्यञ्जन राखेर सजाउने गरिन्छ । ति युवती डाइनिङ टेबलमा लमतन्न सुतेकी हुन्छिन् । यहाँ आउने ग्राहकहरुले आफ्नो इच्छा अनुसार खानेकुुरा युवतीको शरीरबाट झिकेर खान्छन् । जसलाई जे खानेकुरा मन पर्छ उसले त्यो खानेकुरा खान सक्छ । विशेषगरी यो रेष्टुरेन्टमा माछाका परिकार बढि पाइन्छ ।
 
नग्न युवतीको शरीरमा खाना पस्किने चलन जापानमा वर्षौँदेखि चल्दै आएको छ । जसलाई जापानमा न्योटाइमोरी अर्थात ठूलो सुशी भनिन्छ । यो शब्दको अर्थ शरीरबाट बनेको प्लेट भन्ने हुन्छ । ‘न्योटाइमोरी एक्सपेरियन्स’ रेष्टुरेन्टको वेबसाइटमा बताइए अनुसार यस्तो चलन जापानको साथसाथै अन्य देशमा पनि अपनाउन थालिएको छ । यसअघि चिनमा पनि यस्तो चलन कायम थियो । तर यसको विरोध भएपनि त्यहाँबाट हटाइयो । मानिसहरुले यस्तो कार्यलाई घटिया, यातना तथा मानिसकै अपमान हो भन्थे ।