माइग्रेन के हो ? यसबाट कसरी मुक्ति पाउने ?
-
४ भदौ, २०७५ काठमान्डौ l
माइग्रेन एक प्रकारको न्यूरोलजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि हो । अत्याधिक तनावमा रहने, गैस्ट्रिकले ग्रस्त, अनिंद्राले ग्रस्त, एसिडिटीका रोगी, पुरानों कब्जियत, टाउको र मष्तिस्कका अन्य विभिन्न समस्याहरु, उच्च रक्तचाप, र हार्मोनहरुको गड़बड़ी भएकाहरुलाई यो रोगको जोखिम धेरै छ ।
सहनै नसक्ने गरि टाउको दुखेको अवस्थामा औषधिहरुको सहायताले उपचार गर्नुपर्ने हुन्छ । तर यो दीर्घकालीन उपचार भने होइन । माइग्रेनलाई दीर्घकालीन रूपमा ठीक गर्न जीवन शैली तथा प्राकृतिक उपचार उपयोगि छन ।
जीवन शैली उपचार
१. निन्द्रा पूरा गर्न कुनै कंजुस्याई नगरी कमसे कम ६ देखि ८ घण्टा नियमित गहिरो निन्द्रा सुत्ने गरौँ । सुत्ने र उठने समय नियमित एउटै टाइममा गर्ने गरे माइग्रेनबाट बच्न सकिन्छ । सुताईमा अनियमितता हुनेहरूमा यो समस्या ज्यादा पाईएको छ ।
२. तनाब, चिन्ता, भय र उदासिनता जस्ता मानसिक समस्याले यो रोगलाई बढावा दिने हुँदा उल्लेखित समस्याहरुको यथोचित व्यावस्थापन गर्ने तिर लागौं ।
३. उत्तेजक प्रकाश, होहल्ला र खैला-बैलाले पनि यसलाई बढ़ावा दिने हुँदा उक्त कुराहरु बाट बचौँ।
४. प्रसस्त पानी नपिउनेहरु पनि यो समस्या को शिकार हुने गर्दछन् अतः दैनिक ४ देखि साढ़े पाँच लीटर पानी पिउने बानी बसालौँ ।
५. लामो समय सम्म निष्क्रिय जीवन जिउनेहरुमा यो रोग ज्यादा देखिएको छ, तसर्थ हप्तामा कमसे कम ५ देखि १२ घण्टासम्म व्यायाम श्रम वा सक्रिय जीवनमा संलग्न रहौँ ।
६. तारे, भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरु, तातो र अती चिसो खाद्य पदार्थ तथा वोतल र वट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु पनि यो रोगका शिकार हुन पुग्दछन् । अतः यी अनिबानीहरु हटाएर स्वस्थ्य जीवन शैली अपनाऔं ।
७. भोजनको नियमिततामा ध्यान दिऔँ । भुलेर पनि टायमको भोजन नछाडौँ । भोकभोकै बस्नेले एसिडिटी बढ्न गई माइग्रेनको प्रकोप बढ्न सक्छ । बोतल र बट्टाबंद संरक्षित खनेकुराहरू (जंक फूड) खाने बानी छ भने तुरुन्त छोड़ी दिऊँ । अत्यधिक तातो र चिसो खाद्य वस्तुहरुसंग यथासंभव टाढा रहौं । नुन चिनी, मैदाका परिकारहरु पनि यस रोगका मित्र हैनन् ।
८. योग, ध्यान, प्राणायाम, जस्ता मन-प्रशमनका उपायहरु सिकेर नियमित अभ्यास गर्ने गरौँ । माइग्रेन तनाव पुर्ण जीवन ज्यूनेहरु, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भैरहने रोग हो । तसर्थ तनाव व्यवस्थापन माइग्रेन निवारणको प्रथम सोपान हो ।
९. शारिरिक तथा मानसिकरुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक(MSRT) प्राणिक–इनरजाईजीङ्ग–टेक्निक (PET), सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन (SMET), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्–टेक्निक (DTR), क्विक–रिल्याक्सेसन–टेक्निक (QRT), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (IRT) जस्ता विश्रामका विधिहरु सिकेर नियमित अभ्यास गर्ने गरौँ ।
१०. चुकन्दर, काँक्रो, बन्दागोभी , गाजर, खरबुजा जस्ता क्षारीय फलफूलका रस तथा नरिवल पानी आदि को सेवन गर्नुपर्छ। उपवास ले पनि यो रोगमा फायदा पुर्याउँछ ।
प्राकृतिक उपचार
१. टाउकाको मालिशले माइग्रेनलाई विशेष फाइदा पुर्याउँछ । शीतगुणले युक्त जडीबुटी को बासनादार एरोमेटिक तेलले मालिश गर्दा यो रोग निवारणमा अझ राम्रो गर्छ ।
२. उष्ण पादस्नानको (तातो पानिले खुट्टा धुने) प्रयोगले पनि यो रोगमा रामवाण तुल्य काम गर्छ ।
३. तौलियालाई ततोपानीमा डुबाएर दुखेको ठाउँमा मालिश गर्दा पनि यो रोग मा विशेष फाइदा पुर्याउँछ । कसै-कैसेलाई बरफ़को मालिशले पनि फायदा पुर्याउंने गरेको छ ।
४. एक्युपंचर पनि माइग्रेन उपचारको एक महत्व पूर्ण विधि हो ।
५. माइग्रेन रोकथामका लागी किरोप्रैक्टिस, फिज़ियोथेरेपी, मालिश, एक्यूप्रेशर, रिफ्लेक्सोलॉजी, पनि प्रभावकारी उपचार हुन् ।
६. अध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन् ।
७. मैग्नीशियम, कोएंजाइम क्यू (Q), राइबोफ्लेविन, विटामिन बी १२ जस्ता पोषक तत्वले युक्त खाद्यान्न ले पनि माइग्रेन जाती गर्न सहयोग गर्छ ।
८. शिरोधारा, शिरोवस्ती, उपयुक्त औषधीयद्रव्यको नास्य जस्ता आयुर्वेदिक उपचार विधिहरु पनि यो रोगमा लाभकारक छन् ।
९. ८ – १० दाना ठूलो बदामको दैनिक सेवन गर्ने गरौँ । तुलसीको पातको रस मह संग बिहान -बिहान खाने गरौँ । दूबोको रसको सेबन पनि यो रोगमा लाभकारी छ ।
१०. जलनेति, सूत्रनेती, कुंजल, एनीमा, जस्ता यौगिक सोधन विधिहरू पनि यो रोगको उपचारका महत्वपूर्ण आयामहरु हुन् l