आश्माको साथका कारण संयमले छोडेनन् नेपाल
-
५ भदौ, २०७५
चर्चित निर्देशक नारायण पुरीका छोरा संयम पुरी नेपाली सिनेमा सायदबाट निकै आशा र सम्भावना बोकेर नेपाली रजतपटमा प्रवेश गरे ।
बालकलाकार हुँदै नायक बनेका संयम सायदबाट एकाएक चर्चा र स्टार बने ।
एउटै सिनेमाबाट राम्रो क्रेज बटुल्न सफल उनी त्यसपछि लगातार असफल सिनेमा दिएपछि यतिबेला गुमनाम जस्तै भएका छन् ।
निर्माता सुनिल रावलको सिनेमा सायद हिट भएपछि उनले अभिनय गरेका पुण्टे परेड, आभाष, लवसभ, नाई नभन्नु ल ३, रातो घर, ग्याङस्टार ब्लुज लगातार असफल भए ।
उनको असफल सिने करिअर चलिरहँदा संयमका पिता निर्देशक नारायण पुरीसहित सम्पूर्ण परिवार अमेरिका बसाई सरिसकेका छन् । यता संयम पुरी भने नेपाल मै बसिरहेका छन् । किन अमेरिकामा परिवारको साथमा बस्न नगएको ? संयम भन्छन्, ‘सिनेमाको करिअरलाई छोड्नै सकिन । आफ्नै देशमा कलाकारितालाई अगाडि बढाउने सोच छ।’
उनले यसो भनिरहदाँ केहीले उनी अमेरिका नजानुलाई नायिका आश्मा डिसीको साथ छोड्न नखोजेको भन्ने पनि छ । जुन कुरा हालै नायिका आश्माको जन्मदिनमा फोटोसहितको प्रेमपुर्ण स्टाटसले पनि देखाउँछ ।
सिनेमामा खासै व्यस्त नभएको र लगातार फ्लप सिनेमा दिइँरहदा पनि नेपालमै बस्ने मोह संयममा जाग्नु अनौठो छ । उनका आमा, बुवा र बहिनी सपरिवार अमेरिकामा सेटल भइसकेका छन् । तर संवयमलाई परिवारभन्दा आश्माको साथ नै बलियो लागेर पो यस्तो भएको हो l