स्वस्तिमा खड्का ‘स्लिम क्लब’बाट बाहिरिनुको रहस्य के हो ?
-
५ भदौ, २०७५ काठमाण्डौ
नायिका स्वस्तिमा खड्कालाई बेलाबेलामा स्लिम भएको भन्दै नेपाली सिने क्षेत्रका कलाकारहरुले ठट्टा गरेर जिस्काउँछन् ।
उनी स्वयम् आफ्नो पातलो शरीरबारे केही समयअघिसम्म भन्थिन्, ‘खाना त खाइ राखेको हो । मोटाउँदिन त के गर्नु ?’ ‘खाएको जति सबै ट्वाइलेटमा जान्छ। ज्यानमा लाग्दैन त’, उनी ठट्टा गर्दै भन्छिन् ।
तर पछिल्लो समय स्वस्तिमा स्लिम क्लबबाट बाहिरिँदै गएकी छिन् । नायक आशिरमान जोशीसँग केही दिनअघि खिचेको फोटोमा उनको पेट केही ठूलो देखिएको छ । फोटोबाट उनको तौल बढेको भन्ने कुरा सहज अनुमान लाउन सकिन्छ । आशिरमानले आफ्नो इन्ष्टाग्राममा ‘हिरोइन बन्नु पर्ने कत्ति’ भन्दै स्वस्तिमासँगको फोटो राखेपछि केहीले नायिका स्वस्तिमाको पेट ठूलो देखिएको भन्दै कमेन्ट पनि गरेका छन् ।
निर्देशक तथा कलाकार निश्चल बस्नेतसँग वैवाहिक जीवनमा रहेकी नायिका स्वस्तिमाको पेट ठूलो देखिनुमा उनी मोटाएको बुझ्ने कि अरु केहीरु जे होस् स्वस्तिमा र आशिरमानको जोडी गज्जबको देखिएको छ ।