Trending :
 

व्यापारी पक्राउको विरोधमा कालिमाटीमा किसानको तरकारी किनेनन्

भाद्र ०५,२०७५

-

भदौ ५,२०७५ काठमाडौं ।
अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउको विरोधमा मंगलबार व्यापारीहरुले किसानहरुबाट तरकारी खरिद गरेनन् ।
 
 
मंगलबार बिहानै अनुगमनमा गएको आपूर्ति विभागको टोलीका प्रमुख दीपक पोखरेलका अनुसार अन्य दिन करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै भित्रिएको छ ।
 
सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए । 
उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो ।
 
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनुसगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ । 
महासंघले सोमबारै साँझ विज्ञप्ति जारी गरी माग पूरा नगरिए मंगलबारदेखि नै देशव्यापी रुपमा तरकारी फलफूल बेचबिखन नगर्न व्यवसायीलाई अपिल गरेको थियो ।
 
यो पनि पढ्नुस- जताततै बिचौलियाको बिगबिगी, सरकार मुकदर्शक