Trending :
 

यस्तो छ गर्भ जाँच्ने घरेलु विधि

भाद्र ०५,२०७५

-

५ भदौ, २०७५ काठमाण्डौ l
 
 
नेपाल जस्तो देशमा नियोजित कम र अप्रत्यासित गर्भ बढि रहन्छ । बिना योजना वा भनौ नचाहाँदा–नचाहँदै रहेको गर्भले दम्पतिमा तनाव उत्पन्न गर्छ । यो तनाव अब घरेलु विधिबाटै घरमै बसेर हल गर्न सकिन्छ ।
 
असुरक्षित यौनसम्पर्क भएको २४ घन्टा पछि नै घरेलु विधिबाट गर्भ रहेको नरहेको थाहा पाउने भएपछि पक्कै पनि यसले तनाव कम गर्नेछ । नियोजित रुपमा गर्भधारण गर्न खोजिएपनि गर्भ रहेको नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ । त्यो कौतुहलता पनि अब सजिलै मेटिने छ ।
 
यद्यपि बजारमा प्रेग्नेन्सी टेस्ट किट तथा केहि उपकरणहरु उपलब्ध छन्, तथापि कतिपय महिला प्रेग्नेन्सी टेस्ट गर्न लाज मान्छन् । तिनै महिलाको लागि घरेलु विधि अझै उपयोगी हुनसक्छ ।
 
यस्तो छ घरेलु विधि
 
जो कोहिको घरमा चिनी हुन्छ र टुथपेस्ट पनि । हाम्रो दैनिक प्रयोगमा आउने चिज हुन् यी । अब त्यही टुथपेस्ट एवं चिनीबाट आफ्नो गर्भ रहेरनरहेको थाहा पाउनुहोस् ।
 
सबैभन्दा पहिला डिस्पोजल एवं प्रयोग गरिसकेपछि फ्याक्न मिल्ने कुनै चिजमा टुथपेस्ट राख्नुहोस् । त्यसमा केहि मात्रामा आफ्नो पिसाब मिसाइदिनुहोस् । केहि समयपछि हेर्नुहोस्, यदि टुथपेस्ट मैला जस्तो वा हल्का नीलो रंगको हुन सक्छ । यसको अर्थ हो, नतिजा सकारात्मक आयो । अर्थात तपाई गर्भवती हुनुभयो । यस्तो प्रयोग भने तपाई बिहान उठ्नसाथ गर्नुपर्ने हुन्छ।
 
चिनीबाट पनि यहि विधी अपनाएर गर्भ रहेरनरहेको परीक्षण गर्न सकिन्छ । चिनीमा थोरै पिसाब मिसाइदिने केहि समयपछि चिनी घुलिनुको साटो डल्ला पर्न सक्छ । यदि त्यस्तो भयो भने तपाईमा गर्भ रहेको भनेर बुझ्न सकिन्छ । यदि चिनी र पिसाब आपसमा घुल्छ भने तपाईंमा गर्भ रहेको छैन ।
 
घरमा साबुनबाट पनि तपाईं प्रेग्नेन्सी टेस्ट गर्न सक्नुहुन्छ । यसका लागि साबुन र पिसाब कुनै डिस्पोजलमा मिसाउनुपर्छ । केहि समयपछि साबुनमा स–सना फोकाहरु बन्यो भने तपाईं गर्भवती हुनुभयो ।