Trending :
 

मकैको जुँगा पनि फाईदाजनक रहेछ ! क्यान्सर पत्थरी मधुमेह समेत नियन्त्रण गर्छ

भाद्र ०५,२०७५

-

५ भदौ, २०७५ काठमाण्डौ l
 
मकै संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगी यो बाली बाट बिभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि धेरे फाइदा हुन्छ । मकैको त्यसै खेर फालिने मकैको जुँगा पनि एकदमै काम लाग्छ । आउनुहोस् जानौं-
 
मकैमा प्रशस्त मात्रामा पोषणतत्व हुन्छन् । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायता मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । हामि मकैको जुँगा काम नलाग्ने भनेर फाल्छौँ तर यसको फाइदा मकैको भन्दा बढी हुन्छ ।
 
मकैको जुँगाको फाइदाहरु
 
पिसाबनलीको सङ्क्रमण : मकैको जुँगामा एन्टी इन्फ्लेमेटोरी तत्वहरू पाइने हुदा मकैको जुँगाको सेवन पिसाब नलीको सङ्क्रमणमा धेरै लाभदायी हुन्छ । यसले पिसाब नलीको तहलाई सुरक्षा कवच प्रदान गरेर पोलाइलाई कम गरिदिनुका साथै सङ्क्रमणलाई पनि निको पार्ने काम गर्छ ।
 
पिसाब लगाउन : कुनै पनि कारण शरीरका कोषहरूमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या उत्पन्न भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । महँगा र शरीरलाई नोक्सान पुर्याउने विभिन्न थरीका पिसाब लगाउने औषधीहरूको तुलनामा यो अति सुरक्षित हुन्छ ।
 
मिर्गौलाको पत्थरी : मकैको जुँगाको चियाले पिसाब लगाउने भएको कारण यसको नियमित सेवनले मिर्गौलामा पत्थर बन्ने सम्भावना पनि न्यून बनाइदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी भइसकेको छ भने त्यसको उपचारमा चाहिँ यो काम लाग्दैन ।
 
रक्तचाप घटाउँछ : उच्च रक्तचापको समस्या विश्वव्यापी रूपमै एउटा ठूलो नसर्ने रोगको रूपमा स्थापित भइसकेको छ । उच्च रक्तचापको एउटा विन्दुमा पुगेपछि अनिवार्य रूपमा औषधिको सेवन गर्नैपर्ने हुन्छ । तर मकैको जुँगाको चिया नियमित रूपमा सेवन गर्ने हो भने त्यसले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ ।
 
मधुमेह : इन्टरनेसनल जर्नल अफ बायोलोजिकल्ली काक्रोमोलेक्युल्समा सन् २०१२ मा प्रकाशित एक अनुसन्धानात्मक लेखका अनुसार मधुमेह भएका मुसालाई प्रयोगशालामा मकैको जुँगाको तत्व निकालेर सेवन गराउँदा तिनको रगतबाट चिनीको मात्रा घटेको पाइएको थियो ।
 
कोलेस्ट्रोल नियन्त्रण : रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्नु र त्यो अनियन्त्रित हुँदै जानुको एउटै परिणाम हो, विभिन्न घातक मुटुरोगहरू पैदा हुनु । त्यसैले मुटु रोगबाट बच्न गर्नुपर्ने प्रमुख कार्यहरूमध्येका पनि प्रमुख कार्य हो, रगतमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित राख्नु ।
 
भिटामिन सीको स्रोत : भिटामिन सी भन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा अमिलोको ख्याल आइहाल्छ । त्यसैले सुन्दा अलि पत्यारिलो लागे पनि सत्य कुरा के हो भने मकैको जुँगामा भिटामिन सी पाइन्छ । थाहा भएकै कुरा हो कि भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाइदिन्छ ।
 
मोटोपन घटाउँछ : मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरू विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चित हुनु पनि हो । यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुँगाले भूमिका निर्वाह गर्न सक्छ । खासगरी, मकैको जुँगाले शरीरमा अनावश्यक जम्मा भएको पानी र विकारहरूलाई हटाउने काम गर्छ ।