Trending :
 

फिफा वरियतामा नेपाल ३ स्थान तल

बैशाख २१,२०७४

-

वैशाख २१ -

विश्व फुटबलको सर्वोच्च निकायले फिफाले मे महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल १७३औं स्थानमा छ ।  ११० अंक रहेको नेपाल ३ स्थान तल झरेको हो ।

फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्दा छिमेकी भारत एक स्थान सुधार गर्दै एक सयौँ स्थानमा उक्लेको छ ।

यस्तै भुटान नेपाल भन्दा ९ स्थानले माथि परेको छ भने माल्दिभ्स २१ स्थानले माथि छ।

दक्षिण एसियामा भारत सबैभन्दा माथि (१००)औं स्थानमा छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औं स्थानमा पुगेको छ । भुटान १६४औं स्थानमा यथावत छ ।

नेपालभन्दा पछि रहेका दक्षिण एसियाली राष्ट्रमा बंगलादेश १९३औं, श्रीलंका १९७औं र पाकिस्तान २०१औं स्थानमा यथावत छ ।

विश्व वरीयतामा भने ब्राजिल शीर्ष स्थानमा छ ।